LIVE NEWS
जेन्जी: सडकमा उठेको प्रश्नहामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोप

सोनमा गाँउपालिकाको अध्यक्षमा यादव र उपाध्यक्षमा साहले दिए उम्मेदवारी

महोत्तरी। महोत्तरीको सोनमा गाँउपालिकाको अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष रहेका राज कुमार यादवले पुनस् उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट अध्यक्ष पदका लागि जनता समाजवादी पार्टी (जसपा) बाट राज कुमार यादव र नेकपा माओवादी केन्द्रबाट दामोदर साहले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार गाउँपालिकामा रहेको सभा हलको कार्यालयमा स्थापित निर्वाचन कार्यालयमा पुगेर गठबन्धनको तर्फबाट यादव र साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले सोनमा गाउँपालिकाको समृद्धि, पहिचान र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।

साथै सोनमा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष पदका लागि जनता समाजवादी पार्टी (जसपा) बाट अशोक कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर