LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सोनमा गाँउपालिकाको अध्यक्षमा यादव र उपाध्यक्षमा साहले दिए उम्मेदवारी

महोत्तरी। महोत्तरीको सोनमा गाँउपालिकाको अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष रहेका राज कुमार यादवले पुनस् उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट अध्यक्ष पदका लागि जनता समाजवादी पार्टी (जसपा) बाट राज कुमार यादव र नेकपा माओवादी केन्द्रबाट दामोदर साहले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार गाउँपालिकामा रहेको सभा हलको कार्यालयमा स्थापित निर्वाचन कार्यालयमा पुगेर गठबन्धनको तर्फबाट यादव र साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले सोनमा गाउँपालिकाको समृद्धि, पहिचान र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।

साथै सोनमा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष पदका लागि जनता समाजवादी पार्टी (जसपा) बाट अशोक कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर