LIVE NEWS
पालिका स्तारिय बाल भेला कार्यक्रम सम्पन्नअब देखि सवारी चालक अनुमतिपत्रको म्याद १० वर्षमाइती नेपाल धनुषाको प्रभावकारी कार्यसम्पादन: एक वर्षमा सयौंलाई उद्धार, संरक्षण र पुनर्मिलनरा.रा.ब. क्याम्पसमा अनेरास्ववियुद्वारा सरसफाई तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्नइन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिकसुनको मूल्य अहिले सम्मकै सबैभन्दा बढीएकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा

सोमिया पोखरेल र खेसारी लाल यादवको ‘हरदी लागे जानके’ गीत युटुबमा ट्रेन्डिङग

जनकपुरधाम । टिकटकमा नाच्दै आएकी वीरगँजकी सोमिया पोखरेल बिहारी सिने जगतका अभिनेता खेसारी लाल यादवसँगको म्यूजिक भिडियोमा देखिएकी छन् ।

रौतहटको मौलापुरको कार्यक्रममा खेसारी लाल यादव आउँदा त्यसको दुई दिन अघि नै खेसारी लाल यादवको टयाटु हातमा बनाएर चर्चामा आएकी सोमिया पोखरेले खेसारीलाल यादवसँग म्यूजिक भिडियोमा देखिएकी हुन् ।

मौलापुरमा खेसारी लाल यादवको टयाटु देखाउँदै आफू सबभन्दा ठुलो फ्यान भएको बताउँदै उनले खेसारीलाल यादवलाई प्रभावमा पारेकी थिइन् । सोही समयमा खेसारीलाले आफूसँग काम गर्ने अवसर दिने घोषणा गरेका थिए ।

खेसारी लाल यादव र सोमिया पोखरेलको “हरदी लागे जानके” बोलको गीत यतिबेला युटुब प्लेटफर्ममा चर्चामा आएको छ । करिब ५ घण्टाको अन्तरालमै करिब १० लाख पटक हेरिएपछि ट्रेन्डिङगमा गएको छ ।

खेसारी लाल यादवको आफ्नै स्वरमा बनाइएको सो गीत अहिले युटुबको २३ नम्बर ट्रेन्डिङगमा रहेको छ ।

सोमिया पोखरेलले आफ्नो हातमै खेसारीलाल यादवको टयाटु घोपाएपछि बाध्य भएका खेसारी लाल यादवले उनलाई म्युजिक भिडियोमा अभिनय दिएको हो ।

टिकटक सहित समाजिक सँजालमा आफ्नो श्रीमानको सट्टा खेसारी लाल यादवको टयाटु लगाएको भन्दै हाम्रो सँस्कार रितिरिवाजमा यसलाई गलत अर्थ लगाउने गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर