LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

अक्सिजन प्लान्ट विस्फोटमा २ को मृत्यु

काठमाडौँ : ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रको सगरमाथा अक्सिजन प्रालिमा अक्सिजन भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान १० बजे अक्सिजन सिलिन्डर विस्फोट हुँदा प्लान्टमा कार्यरत भारत पश्चिम चम्पारम जिल्ला रतनपुरुवा गाँउका ४५ बृज महतो र भारत घर भई ललितपुर महानगर–१८ बस्ने २५ वर्षीय राजकुमार महतो मृत्यु भएको हो । बृजको घटनास्थलमै र राजकुमारको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए ।

अक्सिजन सिलिन्डर विस्फोटबाट ६ जना घाइते भएका छन् । घाइते हुनेमा पर्सा घर भई लुभु चागाथली बस्ने ४३ वर्षीय रमेश अधिकारी, ललितपुर महालक्ष्मी नगरपालिका–८ की ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका–९ का १९ वर्षीय सुदीप तिमिल्सेना, महांकाल गाउँपालिका–५ चन्दनपुरका २२ वर्षीय ईश्वर बजगाईं, ओखलढुंगा घर भई ललितपरपुर महानगर–१५ महालक्ष्मी बस्ने २० वर्षीया अञ्जना पौडेल र चन्द्रागिरि नगरपालिका–२ दहचोकका ४९ वर्षीय गंगा शर्मा छन् । घाइते सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको एसपी शाहले बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अक्सिजन प्लान्ट विस्फोटको विषयमा छानबिन समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव चन्द्रकला पौडेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको हो ।

उक्त समितिलाई छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ । उक्त घटनामा मृत्यु भएकाका परिवारलाई तत्काल राहत र घाइतेहरूको उपचार खर्च नेपाल सरकारबाट उपलब्ध गराउनेसमेत जनाएको छ ।

अक्सिजन प्लान्ट विस्फोट स्थलको अवलोकन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अक्सिजन आपूर्ति गर्ने निकायलाई अक्सिजन ग्यासको सहज व्यवस्था मिलाउन ग्यास उत्पादक संघलाई निर्देशन दिएका छन् । घटनाबारे ललितपुर प्रहरीले डीएसपीको नेतृत्वमा समिति गठन गरेर अनुसन्धानको थालनी गरेको एसपी शाहले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर