LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

वीरगन्जका मेयर सरावगीले दिए पदबाट राजीनामा

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले पदबाट राजीनामा दिएका छन्।

आसन्न स्थानीय तह निर्वाचनमा फेरि पनि वीरगन्ज महानगरको मेयरमा नेकपा एमालेकातर्फबाट उम्मेदवारी दिने भएका सरावगीले मेयर पदबाट राजीनामा दिएका हुन्।

एमाले महानगर कमिटी र प्रदेश कमिटीले वीरगन्ज महानगरको मेयरमा सरावगीको एकल नाम केन्द्रीय कमिटीमा सिफारिस गरिसकेको छ। सरावगीले बिहीबार महानगरपालिका कार्यालयमा पुगेर महानगरकी उपमेयर शान्ति कार्कीलाई राजीनामा पत्र बुझाएका हुन्।

उम्मेद्वारी दर्ता गर्नुभन्दा पहिले पदबाट राजीनामा दिनुपर्ने कानुनी प्रावधान भएका कारणले आफूले राजीनामा दिएको सरावगीले बताए। यसअघि बिहीबार नै सरावगीले आफूले प्रयोग गर्दै आएको महानगरपालिकाको सरकारी गाडी र त्यसको साँचोसमेत प्रमुख प्रशाकीय अधिकृत निष्चल राज पाण्डेलाई फिर्ता गरेका थिए।

पर्सामा आसन्न स्थानीय तहको निर्वाचनमा फेरि पनि चुनाव लड्ने पालिकाका जनप्रतिनिधिहरु मध्ये राजीनामा दिने सरावगी पहिलो जनप्रतिनिधी हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर