गौशाला : अवैध रुपमा गिट्टीबालुवा उत्खनन् गर्दै गरेको अवस्थामा चार वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार बिहान महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगरस्थितमा रातु खोलाबाट अवैध रुपमा गिट्टीबालुवा उत्खनन् तथा ओसार प्रसार भइरहेको सूचनापश्चात प्रहरीले खोलाबाट चार वटा टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
प्रहरीले ना ८ ख २०४६, ना ८ ख ११३८ , प्रदेश २–०३–००१ क ०३४८ र प्रदेश २–०३–००१ ख १८९९ नम्बरको टिपर नियन्त्रणमा लिएर थप कारबाहीका लागि जिल्ला समन्वय समिति जलेश्वरमा पठाउने तयारी भइरहेको जिल्ला पहरी कार्यालय महोत्तरीले जनाएको छ।