LIVE NEWS
२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको मागकाठमाडौंमा ग्यासको हाहाकार : निजी उद्योगीले सिलिन्डर नपठाएको मन्त्री यादवको आरोपरसुवा बाढीपछि प्रधानमन्त्री शाहको उच्चस्तरीय सुरक्षा छलफल, राहत कोषमा झन्डै १२ अर्ब मौज्दात

महोत्तरीबाट अवैध रुपमा गिट्टीबालुवा उत्खनन् गर्ने चार टिपर प्रहरीको नियन्त्रणमा

गौशाला : अवैध रुपमा गिट्टीबालुवा उत्खनन् गर्दै गरेको अवस्थामा चार वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार बिहान महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगरस्थितमा रातु खोलाबाट अवैध रुपमा गिट्टीबालुवा उत्खनन् तथा ओसार प्रसार भइरहेको सूचनापश्चात प्रहरीले खोलाबाट चार वटा टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

प्रहरीले ना ८ ख २०४६, ना ८ ख ११३८ , प्रदेश २–०३–००१ क ०३४८ र प्रदेश २–०३–००१ ख १८९९ नम्बरको टिपर नियन्त्रणमा लिएर थप कारबाहीका लागि जिल्ला समन्वय समिति जलेश्वरमा पठाउने तयारी भइरहेको जिल्ला पहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर