LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सिरहामा काङ्ग्रेसको घर घर जाउ अभियान निरन्तर जारी

महेश सिंह, सिरहा । लहानमा दिन प्रतिदिन चुनावी सरगर्मी बढदै गएको छ।स्थानीय चुनावमा निकटता ल्याउन राजनिती दलहरुले घर दैलो कार्यक्रम सुरु गरेका छन्।

नेपाली काङ्ग्रेसले सिरहाको लहानमा पार्टीलाई स्थानीय सरकारमा ल्याउन घर दैलो कार्यक्रम सुरु गरीएका छन्।

लहानमा अरु पार्टीको तुलनामा नेपाली काङ्ग्रेसको संगठन राम्रो रहेको काङ्ग्रेस नेता तथा नगर अध्यक्ष रासलाल रायले बताए।घर दैलो कार्यक्रम अन्तर्गत लहान नगरपालिका २२ मा काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको एक समुहले बृहत् रूपमा घर दैलो कार्यक्रम सम्पन्न गरेका छन्।लहानमा यस पालीको सरकार काङ्ग्रेस कै हुने घर दैलो कार्यक्रममा होमिएका काङ्ग्रेस नेता तथा वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीले बताए।

लहान बासीले काङ्ग्रेस सरकारको परिकल्पना गरेको वरिष्ठ समाजसेवी चौधरीले बताए। काङ्ग्रेसको सरकारले नै लहान नगरपालिका लाई नमुना नगरपालिका बनाउन सक्ने अठोट लिएका छन।

प्रतिक्रिया
सम्बन्धित खवर