LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

बारा, पर्सामा निर्वाचन केन्द्रित सुरक्षा रणनीति तयार

जनकपुरधाम : स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै बारा, पर्सा, रौतहट र मकवानपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । छिमेकी मुलुक भारतसँग सीमा जोडिएका दुवै जिल्लामा हुनसक्ने सम्भावित घटनालाई लिएर सुरक्षा व्यवस्था कडा गरिएको सुरक्षा निकायका प्रमुखहरुले जनाएका छन् ।

बिहीबार बाराको निजगढमा बसेको अन्तर जिल्ला सीमा सुरक्षा समन्वय बैठकले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, धाँदलीरहित ढंगले सम्पन्न गर्न पर्सा बारा, पर्सा र रौतहट जिल्लाका सीमा क्षेत्रहरुमा हुनसक्ने निर्वाचन विरोधी गतिविधि रोक्न प्रभावकारी सुरक्षाको व्यवस्था गर्ने निर्णय भएको छ ।

सोही बैठकले अवैध हातहतियार नियन्त्रण तथा आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने निर्णयसमेत गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले निर्वाचन सुरक्षालाई लिएर जिल्लाको आन्तरिक सुरक्षा व्यवस्था तथा सीमा सुरक्षामा कडाई गरिएको बताए ।

‘चुनावको बेला सुरक्षा नीति कडा रुपमा लागू गरेर जानैपर्छ,’ प्रजिअ ढकालले भने । सीमावर्ती क्षेत्रमा आपराधिक घटना नहोस्, अवैध हातहतियार ओसारपसार नहोस् भन्नका लागि निर्वाचन हुनुभन्दा ७२ घन्टा अगाडि नेपाल–भारत सीमा बन्द हुने उनले जनाए ।

पर्सामा जिल्लास्तरीय सुरक्षा समितिको बैठकबाट निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरेर निष्पक्ष र भयसहित ढंगले निर्वाचन गराउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

‘विगतका निर्वाचन अनुभवहरु जोडेर हामीले सुरक्षा रणनीति अख्तियार गरेका छौं, सुरक्षित र भयरहित वातावरणमा सबै जनताले मताधिकार प्रयोग गर्न पाउने सम्बन्धमा काम गर्छौं,’ प्रजिअ ढकालले भने, ‘कुन मतदान केन्द्र कस्तो स्थितिमा छ भनेर संवेदनशीलता वर्गीकरण गरेर अति समवेदनशील, समवेदनशील र सामान्य मतदान केन्द्र छुट्याएर सुरक्षाकर्मी खटाउने तयारी भइरहेको छ ।’

पर्साका १४ वटा स्थानीय तहमा १४ वटा निर्वाचन अधिकृत कार्यालय बिहीबारदेखि नै खुलिसकेका छन् । जिल्लामा ४ सय ४ वटा मतदान केन्द्रमा म्यादी प्रहरी सहितका सुरक्षाकर्मी खटिनेछन् । वैशाख ३० मा हुने निर्वाचनका लागि पर्सामा १ हजार ८ सय म्यादी प्रहरी भर्ना गरिएको छ ।

यता बारामा पनि निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था कडा गरिएको सुरक्षा निकाय प्रमुखले जनाएका छन् । बाराको १६ वटा स्थानीय तहमा ५४१ वटा मतदान केन्द्र छन् । जसमध्ये अति समवेदनशील, समवेदनशील र सामान्य छुट्याएर सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिने बाराका प्रजिअ कृष्ण प्रसाद कटुवालले जनाए ।

‘योजना अनुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाचन शान्तिपूर्ण, निष्पक्ष गर्नलाई हाम्रो प्रयत्न रहन्छ,’ उनले भने, ‘निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष,धाँधलीरहित र तटस्थ बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी परिचालन हुन्छ ।’

प्रजिअ कटुवालले सुरक्षा कार्ययोजना बनाएर निर्वाचनमा हुनसक्ने हिंसात्मक क्रियाकलापलाई नियन्त्रण गर्न राजनीतिक दल र जनप्रतिनिधिहरूसँग छलफल भइरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर