LIVE NEWS
पर्सामा लोकतान्त्रिक पत्रकार संघको पहिलो कार्यालय उद्घाटननगर प्रमुख साह अख्तियारको फन्दामा, घुससहित रंगेहात पक्राउपूर्वाञ्चल विश्वविद्यालयको नयाँ बजेट सार्वजनिक — १ अर्ब ७० करोड रुपैयाँ शिक्षण अस्पताल र एमबिबिएसमा प्राथमिकतावीरगञ्जमा खानेपानी संकट नियन्त्रणमा प्रदेश सरकारको वारुणयन्त्र परिचालनसर्लाहीमा पिकअप र मोटरसाइकल ठोक्किँदा दुई नेपाली सेनासहित पाँच घाइते“जनकपुरमा अटो–इ–रिक्सा अव्यवस्थापन विरुद्ध विद्यार्थी जनमत संघको ज्ञापनजनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि आफ्नै पार्टीकै केन्द्रीय सदस्यले कालोमोसो छ्यापे

लहान वाडा ३ मा जसपाबाट राम उदगार महतोको नाउँ सिफारिस

टुडे वाणी,महेश सिंह सिरहा लहान ८ बैशाख:
निर्वाचन आयोगले बैशाख ३० गते तय गरेको स्थानीय तहको निर्वाचनमा लहान ३ का लागी जसपा पार्टीबाट राम उदगार महतो चुनावी प्रतिस्पर्धामा आउने भएको छ्।जसपा पार्टीले बिगतको चुनावमा भाग लिएका फनीलाल महतोको नाउँ सिफारिस गरेका थिए।उनी पछिल्लो चुनावको वाडा प्रत्यासी समेत रहनु भएका महतोलाई बैशाख ३० गते हुने निर्वाचनमा भाग लिन फनी लाल महतोको नाउँ सिफारिस भएको थियो।

ऊनी चुनावमा भाग लिन असहमती जनाए पछि स्थानीय राम राम उदगार महतो लाई चुनाव लडन समर्थन गरेका छन्। स्थानीय नेता राम उदगार महतोले चुनावी प्रतिस्पर्धामा आउने कुरा पार्टीबाट तय भएको वाडा कमिटीले जनाए।अहिले नेता राम उदगार महतो वाडाका लागी व्यापक चर्चामा रहेका छन्। लहान ३ मा जसपा,काङ्ग्रेस,एमालेको ठुलो प्रतिस्पर्धा हुने छ्।
२०६२/२०६३ सालको मधेस आन्दोलन बाट राजनीति यात्रा सुरु गरेका उनी जनता समाजवादी पार्टीमा सकृय भुमिका निर्वाह गर्दै आएका हुन्। हाल उनी सिरहा क्षेत्र नम्बर १ को क्षेत्रीय उपाध्यक्ष समेत रहनु भएको हो।

जसपाबाट राम उदगार महतो र नेपाली काङ्ग्रेसबाट राम दयाल महतो र नेकपा एमालेबाट राजेश चौधरी कडा प्रतिस्पर्धामा आउने सम भावना देखिएको हो। वाडा बसेको बैठकबाट नगर उपाध्यक्ष चन्द्र नारायण कुशवाहा, प्रदेश सभा क को उपाध्यक्ष ललित नारायण महतो,जसपाका युवा नेता दिलिप दास लगायतका नेताहरुको लहान ३ मा सक्रियता देखिएको छ्।

प्रतिक्रिया
सम्बन्धित खवर