टुडे वाणी,डेस्क,धनुषा : ८ बैशाख ।
जिल्लाको धनुषा स्थित हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले आफू चढने सरकारी गाडी फिर्ता गरेका छन् । मेयर मण्डलले बुधबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद दाहाललाई बुधबार बुझाएका हुन् ।
तत्कालिन अवस्थामा सुरक्षाको थ्रेट र माथिल्लो निकायका भिआइपी आउँदा सुविधा सम्पन्न सवारी साधान आवश्यक पर्ने कुरा स्थानीय सुरक्षा निकायले अवगत गराएपछि महानगरले गाडी किनेको थियो ।गाडीको साँचो हस्तान्तरण गर्दै मेयर मंडलले गाडी नगरबासीको सम्पति भएको हुनाले उनीहरुको नासो निर्वाचनको बेला कसैले पनि दुरुपयोग गर्न नपाओस् भनेर नगरपालिकालाई बुझाएको बताए ।
निर्वाचन आयोगले आचारसंहिता लागू गरेको केही दिनपछि उनले बुधबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई साँचो बुझाउँदै गाडी बुझाएका छन् । वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका मेयर मण्डलले आउँदो बैशाख ३० गते तोकिएको स्थानीय तहको अर्को निर्वाचनको लागि आचारसंहिता पालना गर्दै उनले गाडी बुझाएका हुन् ।