LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

बटेश्वरमा २६ वर्षपछि सिँचाई आयोजना सञ्चालनमा

विजयकुमार साह, ढल्केवर । धनुषाको बटेश्वर गाउँपालिका –२, भुइचक्रपुरमा निर्माण भएको २६ वर्षपछि सिँचाई आयोजना सञ्चालनमा आएको छ । स्थानीयवासी तथा समाजसेवी युवाले चासो देखाएपछि यतिका वर्षपछि सो सिँचाई आयोजना सोमबारबाट सञ्चालनमा आएको हो ।

किसानको खेतबारीमा सहज सिँचाई सुविधा उपलब्ध गराउने उद्देश्यले धनुषाको नकटाझिजस्थित कृषि विकास आयोजनाले २०५३ सालमा सिँचाई आयोजना निर्माण गरेको थियो । कृषि विकास आयोजनाले त्यसबेला सिँचाई आयोजना सञ्चालन गर्न पक्की कुलो, डिप ट्यूवेल र विद्युत जडानसमेत गरिसकेको थियो ।

कृषि विकास आयोजनाले सिँचाई आयोजनाको सबै काम सकेर सञ्चालनका लागि तयारी गरिरहेकोबेला विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि उक्त सिँचाई आयोजना अलपत्र परेको थियो । सिँचाई आयोजना अलपत्र परेपछि घेरबारसहित बनेको डिप ट्यूवेल घर खण्डहर बनेको छ भने किसानले आफ्नो जग्गामा बनेको पक्की कुलो भत्काएका छन् ।

बटेश्वरका समाजसेवी राजकिशोर महतोसहितका युवाको पहलमा कृषि विकास आयोजना नकटाझिजले डिप ट्यूवेल मर्मत गरेर मोटर जडान गरिदिएपछि निर्माण भएको २६ वर्षपछि सिँचाई आयोजना सञ्चालनमा आएको छ । सो सिँचाई आयोजना सञ्चालनमा ल्याउन स्थानीयवासीले चार वर्षअघि बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतलाई जानकारी गराउँदैआएको भएपनि अध्यक्ष राउतले चासो नदेखाएको स्थानीयवासी राजकिशोर महतोले बताउनुभयो ।

कृषि विकास आयोजना नकटाझिजका इन्जिनीयर मनोजकुमार चौधरीले अलपत्र अवस्थामा रहेको सिँचाई आयोजना स्थानीयवासीको सहयोगमा सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो । किसानको खेतमा सिँचाईको प्रबन्ध मिलाउन आउँदो आर्थिक वर्षमा पाइपलाइन विस्तार गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर