LIVE NEWS
हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदान

पिच गरेको भोलिपल्टै सडक जिर्ण, स्थानीय आन्दोलित

विशाल बस्नेत, महोत्तरी । सडक पिच गरेको २४ घन्टा नबित्दै धमाधम पिच उप्कन थालेपछि बर्दिबासस्थित खयरमाराका स्थानीय आन्दोलित भएका छन् । टेन्डर प्रक्रियाबाट युनिभर्सल कन्स्ट्रक्सनले ठेक्का पाएको लक्ष्मीनारायण माध्यामिक विध्यालयदेखि पोखरीसम्मको पिच उप्कन थालेको हो ।

पिच गर्नेक्रममा ठेकेदारले कमसल र गुण्स्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन् । बढी नाफा लिने उद्देश्यले ठेकेदार कम्पनीले बेइमान गरेको स्थानीयको भनाइ छ ।

उच्च माध्यामिक विध्यालयदेखि पोखरीसम्म झन्डै ११ सय मिटर पिच सडक टेन्डरमार्फत युनिभर्सल कन्स्ट्रक्सनले करिब एक करोडमा ठेक्का हात पारेको थियो । तर स्थानीयले राजनीतिक प्रतिशोध लिने उद्देश्यले किनारा नै नमिलाइकन पिच उप्काएको युनिभर्सल कन्स्ट्रक्सनका प्रबन्धक सुजन पोखरेलको दाबी छ । ‘निर्वाचनको संघारमा स्थानीय दलगत व्यक्तिहरूले बदनाम गर्ने उद्देश्यले योजना विफल बनाउन पिच उप्काएका हुन्,’ प्रबन्धक पोखरेलले भने ।

नगरपालिकाको मापदण्डमा उक्त कन्स्ट्रक्सन कम्पनीले ४० एमएम मोटाइ र पूर्ण प्रिमिक्स बनाउनुपर्ने उल्लेख छ । तर मापदण्डअनुसार गुणस्तरहीन सामान प्रयोग गरी स्थानीयलाई आँखामा छारो हाल्ने काम मात्र गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

यता नगरपालिकाले गुणस्तरको विषयमा छानबिन गर्न प्रावधिक टोली आज पठाउँदै छ । ‘प्रावधिकहरू गएर गुणस्तरको लेखाजोखा गर्छन्, यदि प्रमाणित भए ठेकेदार कम्पनीको भुक्तानी नै रद्द गरिनेछ,’ नगर प्रमुख विदुर कार्कीले भने ।

ठेकेदार कम्पनीले निर्माण सामग्री प्रयोग गर्दा वडाध्यक्षलाई बोलाएर समन्वय गर्ने बताए पनि आफूलाई कुनै जानकारी नदिएको वडाध्यक्ष धनबहादुर लामाले बताए । यसअघि पनि खयरमारामै बन्दै गरेको पिच उप्किएपछि नगरपालिकाले भुक्तानी रोकेर पुनः काम गर्न लगाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर