LIVE NEWS
२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको मागकाठमाडौंमा ग्यासको हाहाकार : निजी उद्योगीले सिलिन्डर नपठाएको मन्त्री यादवको आरोपरसुवा बाढीपछि प्रधानमन्त्री शाहको उच्चस्तरीय सुरक्षा छलफल, राहत कोषमा झन्डै १२ अर्ब मौज्दात

जनकपुरधाममा ज.स.पा नेपालको नगर प्रमुखमा अम्भु प्रसद साह ज्युको चर्चा भएकोमा पार्टीमा उत्साह !

जनकपुरधाम । वैशाख ३० गत्ते मुलुक भरी हुन गई रहेको स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट हालमा जनकपुरधाम उद्योग बाणिज्य संघका उपाध्यक्ष श्री अम्भु प्रसाद साहको नाम केहि दिन देखी चर्चाको बिषय बनेको छ। जनकपुरधामको विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा नगर प्रमुखको लागि अम्भु प्रसाद साहको कुरा व्यापक रुपमा चल्दैछ।

स्थानीय निर्वाचनको मिति नसर्ने भए पछी र हालको मेयर लाल किशोर साह माथी पार्टीका कार्यकर्ता तथा स्थानियको भरोसा तथा बिश्वास घटदै गएपछी नगर प्रमुखको लागि अम्भु प्रसाद साह लाई प्रस्तावित गरेको आन्तरिक श्रोतबाट खुलासा भएको हो। जनकपुरधाम उधोग बाणिज्य संघको बिगत वर्षमा भएको निर्वाचनमा साहले उपाध्यक्ष पदमा एतिहासिक बिजय प्राप्त गरे लगत्तै जनकपुरधामका व्यापारी वर्गको लागि एक वर्षमै आफ्नो दक्ष तथा अनुभवको आधारमा राम्रो काम गरेको तथा कोरोना कालमा समेत साहले अद्भुत भुमिका निर्वाह गरेको हुनाले जनकपुरधामको नगर प्रमुखमा समेत उहाँ राम्रो काम गर्ने छन भन्ने आशा नगरबासी तथा पार्टी कार्यकर्तामा भरोसा बिश्वास छ।

बिगतको रा.ज.पा बाट जनकपुरधाम नगर प्रमुखमा विजय भएका नगर प्रमुख श्री लाल किशोर साहले आफुले भनेको र बाचा गरेको कुराहरु पुरा गर्न असफल भएको तथा तत्कालीन रा.ज.पा खेमाका कार्यकर्तालाई ज.स.पा मा समायोजनको नाम मा स्थानीय निर्वाचनको लागि विभिन्न वार्डमा अध्यक्ष तथा सदस्य पदमा टिकटको बार्गेनिङ गर्दै पार्टी प्रवेश गराउदै आएकाले पार्टीका पुराना कार्यकर्ताहरु असन्तुष्ट भएका र अम्भुले त्यहाँ बाट राम्रो साथ पाउने कुराहरु चर्चामा छ।

प्रतिक्रिया
सम्बन्धित खवर