LIVE NEWS
हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदान

जनमत पार्टी आज पालिका प्रमुख र उपप्रमुखको टिकट बाँड्दै

जनकपुरधाम : सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह चुनावका लागि आज टिकट वितरण गर्ने भएको छ ।

आज पालिका प्रमुख र उपप्रमुखको टिकट वितरण पार्टीले गर्न लागेको नेता बिपी साहले जानकारी दिए ।

उनका अनुसार पार्टीले तय गरेका उम्मेदवारहरुलाई केन्द्रीय सचिवालय जनकपुरधामबाट मनोनयन पत्र वितरण गर्ने जनमत पार्टीले निर्णय गरेको हो ।

यस्तै वडाध्यक्षहरूको मनोनयन पत्र वितरण वैशाख ७ र ८ गते हुने उनले बताए ।

मधेश प्रदेशका उम्मेदवारलाई केन्द्रीय सचिवालय जनकपुरधाम, प्रदेश नम्बर १ का उम्मेदवारलाई विराटनगर र लुम्बिनी प्रदेशका उम्मेदवारलाई भैरहवाबाट टिकट वितरण गर्ने तयारी छ ।

नेता साहका अनुसार उम्मेदवारहरूले मनोनयन पत्र लिनु अगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ।

उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च आफैंले बेहोर्नु पर्ने पार्टीले निर्णय गरेको छ । वैशाख ३० मा हुने स्थानीय चुनावमा जनमत पार्टीले सबै ठाउँमा उम्मेदवारी दिने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर