LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

विवाह घरमा गीत गाउने क्रममा करेन्ट लागेर एकको मृत्यु, ७ जना घाइते

रौतहट । रौतहटमा विवाह हुन लागेको एक घरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

बिहे घरमा गीत गाउने क्रममा माइकमा विद्युतको करेन्ट प्रवाह हुँदा दुर्गाभगवती गाउँपालिका–१ की ३० वर्षीया सम्घरिया देवीको मृत्यु भएको हो ।

दुर्गाभगवती–१ स्थित शिव मन्दिर टोलका नरेश राउतको छोरीको विवाहको पूर्वसन्ध्यामा शनिवार अबेर गाउँलेहरु भेला भएर नाचगान गरिरहेको बेलामा अचानक माइकमा करेन्ट प्रवाह हुँदा सम्घरिया देवीसहित ८ जना महिलालाई करेन्ट लागेको थियो ।

अस्पतालमा उपचारको क्रममा सम्घरिया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

करेन्ट लागेर दुर्गाभगवती १ पिपराकी सिता देवी राउत बरै, अनिता देवी राउत , मन्तोरिया देवी , मुनि राउत , केवला देवी, शुसिला देवी र हिरिया देवी घाइते भएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर