LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

विवाह घरमा गीत गाउने क्रममा करेन्ट लागेर एकको मृत्यु, ७ जना घाइते

रौतहट । रौतहटमा विवाह हुन लागेको एक घरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

बिहे घरमा गीत गाउने क्रममा माइकमा विद्युतको करेन्ट प्रवाह हुँदा दुर्गाभगवती गाउँपालिका–१ की ३० वर्षीया सम्घरिया देवीको मृत्यु भएको हो ।

दुर्गाभगवती–१ स्थित शिव मन्दिर टोलका नरेश राउतको छोरीको विवाहको पूर्वसन्ध्यामा शनिवार अबेर गाउँलेहरु भेला भएर नाचगान गरिरहेको बेलामा अचानक माइकमा करेन्ट प्रवाह हुँदा सम्घरिया देवीसहित ८ जना महिलालाई करेन्ट लागेको थियो ।

अस्पतालमा उपचारको क्रममा सम्घरिया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

करेन्ट लागेर दुर्गाभगवती १ पिपराकी सिता देवी राउत बरै, अनिता देवी राउत , मन्तोरिया देवी , मुनि राउत , केवला देवी, शुसिला देवी र हिरिया देवी घाइते भएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर