गौशाला : गौशाला नगरपालिका वडा १० मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले युवालाई वडाध्यक्षको लागि अगाडि सारेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन हेतु गौशाला नगरपालिका युवा नेताको रुपमा परिचित विष्णु कुमार महतो (मुकेश) लाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
युवा नेताको रुपमा परिचित महतो हाल २८ बर्षका रहेका छन् ।
यता चुनाव नजिकिँदै गर्दा गौशाला नगरपालिकामा लोसपाले आफ्नो सक्रियता बढाएको छ ।