LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

आँधी–बाढीका कारण दक्षिण अफ्रिकामा करिब ४०० जनाको मृत्यु

टुड वाणी, डेस्क,बैशाख ४ एजेन्सी : दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण करिब ४०० जनाको मृत्यु भएको छ।

प्रहरी, सेना तथा स्वयमसेवकले अझै पनि बेपत्ताको खोजी तथा उद्धार प्रयास जारी राखेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै द गार्डियनले जनाएको छ ।

६ दिन पहिले आएको विनाशकारी आँधीपछि बाढी आउँदा दक्षिण अफ्रिकाको डर्बन क्षेत्रमा जनजीवन प्रभावित भएको हो । बाढीका कारण करिब ४१ ह्जार मानिस प्रभावित भएका छन् ।

बाढीमा परेर अहिलेसम्म ३९५ जनाको मृत्यु भएको पुष्टि भएको छ । आवासीयसहितका भौतिक क्षति ठूलो मात्रामा भएको स्थानीय अधिकारीले बताएका छन् ।

क्वाजुलु–नाटल प्रान्तमा आँधी र त्यसपछिको बाढीले ठूलो क्षति गरेको हो । अझै पनि कम्तीमा ५५ जना बेपत्ता रहेका छन् ।

आँधी तथा बाढीका कारण १३ हजार ५९३ घरमा क्षति पुगेको छ, त्यसमध्ये करिब चार हजार घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । डबर्न क्षेत्रमा ४८ घण्टाको अवधिमा ४५० मिलिमिटर वर्षा भएको थियो, यो वार्षिक रुपमा डर्बन क्षेत्रमा हुने वर्षाको आधार हो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर