टुडे वाणी,डेस्क,बैशाख ३
जनकपुरधाम : आज चैत्र शुक्ल पूर्णिमा । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जन्मजयन्ती मनाइँदै आइएको छ ।
आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी हनुमान जन्मजयन्ती मनाइने छ।
आजको दिनमा रामभक्त हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने जनविश्वास रही आएको छ ।
आजको दिनमा विशेषगरी हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमान लगायतका विभिन्न हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ ।
यस अवसरमा आज स्त्री–पुरुष, बाल–वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजा आराधना गर्दछन् ।
हनुमानलाई पवनपुत्र भनिन्छ । उनको पालनपोषण पवनले गरेका थिए । हनुमानलाई बजरङ्गबलि पनि भन्ने गरिन्छ किनकि उनको शरीर एक बज्रको समान थियो।
हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने जनविश्वास रहेको छ ।
विष्णु अवतार मानिने रामलाई सहयोग गर्न शिवले हनुमानको अवतार लिएको वैदिक शास्त्रले जनाउँछन् ।