टुडे वाणी,दिवेश क्रान्ति कुशवाहा, वैशाख १ गते।ढल्केबर धनुषा।
धनुषामा विगतको दिनदेखि अभियानरुपी विभिन्न कार्यक्रमहरु चलाएर मिथिला युवा संजाल ढल्केबरले जनताको मन जित्न सफल भएको छ। नयाँ वर्ष २०८९ को शुभ उपलक्ष्यमा संजालले मिथिला नगरपालिका भित्रका क्षेत्रहरुमा वृक्षारोपन कार्यक्रम गरिएको कुरा संजालका उपाध्यक्ष विवेक ठाकुरले बताए। उनका अनुसार मिथिला नगरपालिकालाई केन्द्रीत गरेर मिथिला नगरपालिका क्षेत्रभित्र वाडा-वाडा मा गएर ३/४ वटा बोटविरुवाहरु वाडा को सामुदायिक भवन, सामुदायिक विधालय वा आवश्यक परेको ठाउँमा वृक्षारोपन गरिएको हो।
संजालका अध्यक्ष ई.मनिष कुमार सिंहका अनुसार संजालले नयाँ वर्ष को दिन पारेर,बिहिबार बिहानै संजालका समिति लगायत बुध्दिजिवी युवाहरु ढल्केबरमा उपस्थिति भएर वार्ड नं -३ हरिहरपुर स्थित रहेको सामुदायिक भवन नजिक वृक्षारोपन गरेर क्रमशः वार्ड नं-४ पुष्पवलपुर ,वार्ड नं-२ को नक्टाझिज सामुदायिक भवन र जनता मावि नक्टाझिज, वार्ड नं-१ लक्ष्मिनिवास ,वार्ड नं-५ श्रिपुर, वार्ड नं-६ ढल्केबर पार्क हुदै नगर का विभिन्न ठाउँमा वृक्षारोपन गर्ने कार्यक्रम अनुरुप हामीले विभिन्न थरीका बोट_बिरुवाहरु रोपेका छौं। नयाँ वर्षको शुभारम्भमै सम्पुर्ण समितिहरुमा पुनःनयाँ जोश जाँगर थपियोस् र समाजप्रति को उत्तरदायित्व वहन गर्न सक्षम होस् भन्दै अध्यक्ष सिंहले नयाँ वर्ष २०८९ को शुभकामना समेत व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी संजालका संस्थापक सदस्य रहेका कैलास प्रसाद सिंहका अनुसार “हरियो वन नेपालको धन” मुल नारा भएपनि हाम्रो यता मधेस चुरे भावर क्षेत्रमा “हरियो वन तस्कर को धन” हुन लागेको प्रति दुख व्यक्त गरे। सम्पुर्ण नागरिकहरु आ-आफ्नो क्षेत्रबाट वनजङ्गलको संरक्षण एवम् प्रवद्र्धन गर्नका निम्ति बाँझो जमिनमा र घर वरिपरि वृक्षारोपन गरेर जलवायु परिवर्तन लाई सन्तुलित राख्न मदत गर्न सक्छौँ जिकिर गरे।
उक्त विभिन्न थरिका बोटविरुवाहरु वृक्षारोपन गर्ने का लागि डिभिजन वन कार्यालय धनुषाले उपलब्ध गराएका थिए।