टुडे वाणी, डेस्क,बैशाख १
जनकपुरधाम । मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अध्यादेश मार्फत् प्रदेश प्रहरी भर्ना गर्ने बताएका छन् ।
बिहीबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री साहले वैशाख ३० गते सम्म संघीय प्रहरी ऐन ल्याएर प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम दिएका छन् । संघीय सरकारले वैशाख ३० सम्म प्रहरी समायोजन नगरे आफूहरुले अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउने मन्त्री साहले बताए ।
मधेश सरकारले तीनै तहको सरकारको सम्बन्ध सुमधुर होस्, संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने अपेक्षा राखेको बताउँदै उनले संघीय सरकारले अबिलम्ब समायोजनको प्रक्रिया अगाडि बढाउने विश्वास राखेको बताए । ‘तर अहिलेसम्म संघीय सरकार अनिच्छुक देखिएको छ’, उनले भने, ‘संघ सरकारले ३० वैशाखसम्म समायोजन नगरे अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउँछौं ।
यसअघि २९ चैतको प्रदेश सभाको बैठकमा बोल्दै मन्त्री साहले भनेका थिए, ‘धेरै होइन २-३ सय जति प्रहरी जवान भर्नाका लागि प्रस्ताव लग्छौं । देश द्वन्द्वमा जान्छ भने जाओस् प्रहरी भर्नाको सूचना निकाल्छौं ।