टुडे वाणी, डेस्क, २०७९ बैशाख १
आजबाट हामीले वि.सं२०७८ लाई विदाई गर्दै नयाँ संवत् २०७९ लाई स्वागत गरेका छौँ । अर्थात् आज नयाँ वर्षको पहिलो दिनको अवसरमा तपाईंहरु सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तकहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
विगतको वर्ष कोरोना महामारीका कारण आक्रान्त बन्यो । राजनीतिक उथलपुथलले अशान्त बन्यो । देशमा पछिल्लो समय देखिएको आर्थिक संकटको अवस्थाले नैराश्यता सिर्जना गरेको छ । समग्रमा भन्दा गएको वर्ष २०७८ नेपाल र नेपालीका लागि खासै सुखद् र उत्साहप्रद रहेन । तर ती पुराना कमजोरीहरुलाई सुधार गर्दै, पुराना समस्याहरुलाई समाधान गर्दै आगामी दिनमा अघि बढ्नु ।
देश स्थानीय तहको चुनाबी माहोलमा छ । अब यही वैशाख ३० गते देशैभरका ७५३ वटै स्थानीय तहमा चुनाव हुनेछ । त्यो चुनावले नयाँ जनप्रतिनिधिहरु चयन गर्नेछ ।
पुरानै जनप्रतिनिधि दोहोरिए पनि उनीहरु नयाँ जोस, जाँगर लिएर आउने छन् । यी र यस्तै कुराले गर्दा यो नयाँ वर्षको सुरु महिनादेखि नै देशले सकारात्मक दिशातर्फ फड्को मार्नेछ । आर्थिक अवस्था सुधार हुँदै जानेछ ।
अन्त्यमा, नयाँ वर्षले तपाईंहरूमा नयाँ उमङ्ग, नयाँ जोस, नयाँ सिर्जना र नयाँ पन ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दै तपाईंहरुको उन्नती प्रगति र सुस्वास्थ्यको कामना गर्दछौँ ।
टुडे वाणी न्युज सम्पुर्ण परिवार