दिवेश कुमार कुशवाहा, चैत,२८ धनुषा।
धनुषाको एक सामुदायिक विधालयमा अध्यनरत ५ जना बिधार्थीलाई निम्न अवार्ड का साथ सम्मान गरिएका छन्।
नेपालमा सामुदायिक विधालयलहरुको शैक्षिक स्तरको कुरा गर्ने हो भन्ने खासै सुधार भएको देखिदैन। यसका धेरै कारणहरु हामी समक्ष सर्वदित नै छ।
पछिल्लो समय धनुषाको मिथिला नगरपालिका मा रहेको श्री जनता माध्यमिक विद्यालय नक्टाझिज मा शिक्षकहरुको उर्जावान टिम र युवा प्रअको आगमनले सोही विधालयको शैक्षिक क्रियाकलापहरू देखि खेलकुद र अतिरिक्त क्रियाकलापहरुमा निरन्तरता दिई नगर मै उत्कृष्ट विधालय को रुपमा विकास गर्ने लक्ष्य लिएर अगाडि बढ्दै गएका छन्।
आइतबार चैती रामनवमी को दिन जनता मावि नक्टाझिज कक्षा-९ ले आयोजना गरिएको एसइइ परिक्षार्थीहरु को विदाई कार्यक्रममा विधालयले प्रशासनले कक्षा-१० का पाँच जना विधार्थीलाई निम्न अवार्ड दिएर गम्छा,खादा,सहित टिका लगाएर सम्मान गरेका थिए। अवार्ड पाएका विधार्थी मध्ये कक्षा-१० मा सबैभन्दा बढि मार्क ल्याउने र हरेक प्रश्नसँग जुध्ने क्षमता भएको कृष्ण कुमार महतो लाई Hero of the Best Skill Reading and Studying student award ले विभुषित गरिएको छ भने त्यस्तै पढाइ र अतिरिक्त क्रियाकलापहरुमा सहभागी भइ विधालयको लागि धेरै मेडलहरु जितेर ल्याएको र पढाइ मा पनि धेरै अंक ल्याउने एक छात्र र एक छात्रालाई समेत अवार्ड प्रदान गरिएका छन्। Hero of the Best Extra activities and Studying student अर्वाडले सोनु कुमार राय राजपुत र विनिता कुमारी महतोलाई प्रदान गरिएका छन्। त्यस्तै अवार्ड पाउने मा विधालयमा बाल क्लब समुह गठित गरेर विधार्थीहरुको समुह लिएर नेतृत्व गर्ने, विधालयको बारेमा राष्ट्रव्यापी रुपमा विधालयको नाम रेडियो,टेलिभिजन,अनलाईन मिडियाहरु मा विधालयको बारेमा लामो समय देखि कलम चलाएर लेख्दै आएका र सञ्चार माध्यमका Hero of the Best Technology and journalist student award ले दिवेश कुमार महतोलाई सम्मान गरिएको छ। त्यस्तै विधालयको अनुसाशन मा आफु सधैं बस्ने र अरुलाई अनुसाशित भएर पढ्न र विधालय मा राम्रो व्यवहार अपनाउने र नियमित विधालय मा उपस्थिति हुने र पढाइमा पनि धेरै नम्बर ल्याउने विदया कुमारी महतोलाई Hero of the Best Discipline student award ले विभुषित गरिएको छ।
प्रअ:- यादवका अनुसार विधालयको आन_बान र सान यी ५ जना विधार्थीको सम्मानले भोलि का दिनमा यस विधालयमा अझैं सम्मान पाउनका लागि सबै विधार्थीहरु अहोरात्र मिहेनत गरेर राम्रो गर्ने छन् भन्ने आश छ। यो सम्मानले गर्दा विधार्थीहरु मा सकरात्मक सोचको विकास भई आफु र राम्रो गर्ने र सम्मान पाउने सोचले विधार्थीहरु आगाडि बढ्ने छन्। विधालयमा महत्वपूर्ण योगदान दिएर विधालयको नाम विभिन्न ठाउँहरु आगाडि राखेर विधालयको शिक्षकहरुको मन खुसी पार्न सफल भएका यी ५ जना लाई हामीले सम्मान गरेका छौँ। भोलिका दिनमा पनि हामीले विधार्थीको मुल्यांकन गरी सम्मान गर्ने छौ भन्ने प्रतिबद्धता व्यक्त गर्दै एसइइ दिन लागेका सम्पुर्ण विधार्थीहरुलाई शुभकामना व्यक्त गरेका थिए।