टुडे वाणी,डेक्स,काठमाडौँ, २७ चैत २०७८
एनएमबी बैंकले देशभरका विभिन्न १२ जिल्लामा ५२ हजार थान सुधारिएको चुल्हो वितरण गरेको छ । बैंकले ‘प्राक्टिकल एक्शन’ परियोजनासँग सहकार्य गर्दै नुवाकोट, धादिङ्ग, गोर्खा, रसुवा, चितवन, मकवानपूर, पर्वत, म्याग्दी, बाग्लुङ्ग, अर्घाखाँची, गुल्मी र स्याङ्गजाका विभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्होहरु वितरण गरेको हो ।
एनएमबी बैंक लिमिटेडले प्राक्टिकल एक्शन दक्षिण एशिया क्षेत्रीय कार्यालय काठमाण्डौंको रिजल्ट बेस्ड फाइनान्सिङ परियोजना अन्तर्गत चुल्हो वितरण गरेको हो । यो परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामिण भेगका जनताहरुको जीवनस्तर सुधार गर्ने उद्देश्य लिइएको थियो । बैंकले प्राक्टिकल एक्शनसंग मिलेर उक्त परियोजनाको लागि कोष ब्यवस्थापकको रुपमा काम गरेको थियो ।
बैंकको भ्यालु बेस्ड बैंकिङ्गको अवधारणाहरु मध्येको ‘नाफा भन्दा अघि मानिसहरुको बारेमा सोंच्ने’ सिद्धान्त अनुसार बैंकको लघुवित्त विभागले प्राक्टिकल एक्शनसँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । बैंकले यो परियोजनाको साथसाथै अन्य विभिन्न परियोजनाहरुसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।
एनएमबी बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।सम्भार-आजको खबर