LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

महाेतरीका चर्चित युवा नेता यादबले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

महाेतरीबाट चर्चित युवा नेता सराेज कुमार यादबले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने ।

शुक्रबारदेखि चितवनमा सुरु हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशनमा प्रदेश २ बाट पनि कार्यसमितिमा उम्मेदबारहरू अघि आएका छन् ।यसअघि प्रदेश २ बाट केन्द्रीय कार्यसमितिमा मधेशी मूलका व्यक्तिहरूलाई एकदमै न्यून संख्यामा राख्ने गरेको थियो । तर यस पटक प्रदेश २ बाट पदाधिकारीदेखि सदस्यसम्मको पदमा उम्मेदबारी दिइने छ ।

प्रदेश २ बाट एक दर्जनभन्दा उम्मेदबारहरूको नाम आएको छ । तर तिनीहरू खुलेर घोषणा चाहिरहेको छैन । केहीले उम्मेदबारी दिने अनौपचारिक रूपमा बताए पनि अधिकांशले चितवनमै गएर निर्णय गर्ने भन्ने बताएका छन् ।गत ८ वर्षपछि भएको महाधिवेशनमा उम्मेदबारहरूले जोडतोडका साथ प्रचार प्रसार गरिए पनि आगामी १० औं महाधिवेशनमा उम्मेदबार महाधिवेशनकै दिन खुलेर आउने सोचमा छन् । यस पटक नेतृत्व चयनमा सर्वसम्मत नभए पनि गुट उपगुट खासै देखएको छैन ।

त्यस्तै महोत्तरीबाट टेक बहादुर बलमपाकी, रामदयाल मण्डल, सरोज यादवको नाम चर्चामा रहेको छ । जसमध्ये युवा नेता सराेज कुमार यादबकाे पार्टी र आम प्रतिनिधिहरुमा बलियाे पकड देखिन्छ । नेता यादब बिद्यार्थीकाल देखि नै अनेरास्ववियुबाट आफ्नाे राजनीतिक यात्रा शुरु गरेका हुन् । कांग्रेसी हरु को गढ़ भनिएको ठाउ मा नेकपा एमाले लाई स्थापित गरि पुंजिवादि, दलाल,समान्तवाद,नोकरशाहि हरु विरुद्ध लडदै हुर्किएको योद्धा, संघर्षको सतिसाल, क्रान्तिकारी युवा नेता, अनेरास्ववियुको पुर्व सचिव, त्रिभुवन विश्वविद्यालय को पुर्व स्वतन्त्र विधार्थी युनियन को सह सचिव , नेकपा एमाले को केन्द्रीय सदस्य तथा नेकपा एमाले महोतरी सह-इंचार्ज भएपनि भएपनि प्रदेश नं २ भरी नै ओली निकट र स्वच्छ छविका नेता भनेर परिचित छन् । निजकाे पकड ओलीकाे विशवास पात्र भनेर देश भरि नै युवाहरुमा चर्चा हुने गर्दछन् ।

त्यस्तै यस पटक प्रदेश २ बाट दुई/दुई जना सचिव पदमै भिड्ने छ भने अन्य सदस्यहरूमा लडनेछ । प्रदेशका धनुषाबाट रघुवीर महासेठ र रौतहटबाट प्रभु साह सचिव पदका उम्मेदबार हुन । दुवै केपी शर्मा ओली नजिककै मान्छे हुन । महासेठ एमाले पुरानो नेता हुन भने साह नेकपा विभाजनपछि माओवादी केन्द्रबाट आएका हुन ।

महासेठ ओलीका प्रिय पात्र भए पनि साह पनि माओवादी छाडेर आएको कारण ओली धेरै नै नजिकिएका छन् । दुवै मध्ये कसलाई रोज्ने ओलीका लागि समस्या बनेको एमालेका पुराना नेता सत्यनारायण मण्डलले बताए । महासेठले आफ्नो उम्मेदबारी प्रष्ट रूपमा नभने पनि उनका निकटका नेताहरूले सचिव पदका उम्मेदबार हुन स्पष्ट पारेका छन् । साहले आफू सचिव पदको उम्मेदबार रहेको भन्ने बताएका छन् ।

साह र महासेठ बाहेक प्रदेशका धनुषाबाट महासेठका श्रीमति जुली महतो, हरिनारायण महतो, राजकिशोर यादव, रामचन्द्र मण्डल,।
त्यस्तै सिरहाबाट लीलानाथ श्रेष्ठ, सप्तरीबाट सुमन प्याकुरेल, उत्तम गौतम, सुवोध यादव, सर्लाहीबाट राजनारायण साह, बाराबाट बलवीर चौधरी, पर्साबाट प्रभु हजरा, बसरूद्दिन अन्सारी लगायतका नेताहरू रहेका छन्् । यी नेताहरूले केन्द्रीय सदस्यका लागि निर्वाचन लड्ने बताइएको छ । नेकपा एमाले दसौं महाधिवेशनका लागि प्रदेश २ बाट २ सय ३२ जना प्रतिनिधि छानिएको छ ।

एमाले प्रदेश २ का सचिव मनोज खड्काले भने अहिलेसम्म मोटामोटी २ सय ३२ जना महाधिवेशन प्रतिनिधि छनाेट गरिएको यसमा थपघट हुन सक्नेछ । उनले दिएको जानकारीअनुसार धनुषाबाट ५३, महोत्तरीबाट ३२, सर्लाहीबाट १३, सिरहाबाट २२, सप्तरीबाट २०, रौतहटबाट २७, बाराबाट ३८ र पर्साबाट २७ जना महाधिवेशन प्रतिनिधि छनाेट गरिएको छ ।

उनकाअनुसार प्रदेश कमिटीबाट ५ जना मनोनीत गरिएको छ भने मजदुरबाट ७ जना महाधिवेशन प्रतिनिधि छनाेट गरिएको हो । नयाँ नेतृत्व चयनका लागि यही मंसिर १० शुक्रबार देखि १२ गतेसम्म चितवनमा महाधिवेशन हुन गइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर