LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

जनकपुरका मेयर साहको कार्यकक्षमा वडाध्यक्षहरुले लगाए ताल्चा

 

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष सुर्दशन सिँह र वडासदस्य पँकज मण्डललाई नगरको सरसफाई कर्मचारीले गाली गलौज गरेको भन्दै तालाबन्दी गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर ७ का जानकीराम साह लगायतका वडाध्यक्ष एवम् वडासदस्यहरुले नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

वडाध्यक्ष र वडासदस्यलाई गाली गलौज गरी अपमानित गरेको भन्दै मेयरको कार्यकक्षमा तालाबन्दी गरेको जनाइएको छ । यद्यपी, सफाई कर्मचारीले गाली गर्दा मेयरको कार्यकक्षमा तालाबन्दी किन गरेको भनेर प्रष्ट भएको छैनन् ।

केही दिन अघि वडाध्यक्षहरुले नगर प्रमुखको नीजि घर अगाडी फोहोर थुपारेर आलोचित बनेका थिए । नगरको फोहोर नउठाउँमा नगरपालिकाको कार्यालय अगाडी आन्दोलित हुनुपर्नेमा नगर प्रमुखको नीजि घर अगाडी फोहोर थुपार्दा आलोचना भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर