जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष सुर्दशन सिँह र वडासदस्य पँकज मण्डललाई नगरको सरसफाई कर्मचारीले गाली गलौज गरेको भन्दै तालाबन्दी गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर ७ का जानकीराम साह लगायतका वडाध्यक्ष एवम् वडासदस्यहरुले नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
वडाध्यक्ष र वडासदस्यलाई गाली गलौज गरी अपमानित गरेको भन्दै मेयरको कार्यकक्षमा तालाबन्दी गरेको जनाइएको छ । यद्यपी, सफाई कर्मचारीले गाली गर्दा मेयरको कार्यकक्षमा तालाबन्दी किन गरेको भनेर प्रष्ट भएको छैनन् ।
केही दिन अघि वडाध्यक्षहरुले नगर प्रमुखको नीजि घर अगाडी फोहोर थुपारेर आलोचित बनेका थिए । नगरको फोहोर नउठाउँमा नगरपालिकाको कार्यालय अगाडी आन्दोलित हुनुपर्नेमा नगर प्रमुखको नीजि घर अगाडी फोहोर थुपार्दा आलोचना भएको थियो ।