LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

अनुदानका लागि प्रेस काउन्सिलले माग्यो निवेदन

Press-Council-Nepal

२९ कात्तिक, काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न क्षेत्रमा मिडिया र पत्रकारलाई अनुदानका दिन निवेदन आह्वान गरेको छ ।

मिडिया विकास कोषको आर्थिक वर्ष २०७८/७९ वर्षको बजेटमा स्वीकृत कार्यक्रम अनुसार अनुदानका लागि काउन्सिनल सूचना जारी गरेको हो ।

अनुदानका लागि तोकिएको सर्त पूरा गरी ३५ दिनभित्र काउन्सिलको कार्यालयमा निवेदन दिने सूचनामा उल्लेख गरिएको छ ।

काउन्सिले निवेदनका आधारमा २० जिल्लामा एक/एकवटा दरले ल्याप्टप खरिदका लागि ४० प्रतिशत, पाँच जिल्लामा एक/एकवटा क्यामेरा खरिदका लागि ३० देखि ४० प्रतिशत, दुईवटा प्रेस स्थापनाका लागि अनुदान, दुईवटा रेडियो स्थापना र प्रत्येक प्रदेशबाट दुई/दुई जनालाई इन्टरनेट जडानमा अनुदान दिनेछ ।

यस्तै, पत्रकारका लागि प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई लेखनवृत्ति र स्नातकोत्तर तहमा सोधपत्र लेखनका लागि प्रत्येक प्रदेशबाट एकजना गरी ७ जनालाई अनुदान उपलब्ध गराइने काउन्सिलले जनाएको छ ।

सहायताका लागि एउटा मिडियाबाट एक जना पत्रकारले कुनै एक सुविधाका लागि मात्रै निवेदन दिन पाइने छ भने सञ्चार गृहले पनि कुनै एक सुविधानका लागि मात्रै निवदेन दिन पाउनेछ ।

काउन्सिलले दुर्गम, स्थानीय र यसअघि सुविधान नलिएका पत्रकार र सञ्चार माध्यमलाई प्राथमिकतामा दिइने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर