LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

कोभिड-१९ विरुद्ध जनचेतना फैलाउँदै रेडक्रस

महोत्तरी, २२ कात्तिक । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा महोत्तरीले कोभिड-१९ विरुद्ध जनचेतना फैलाउने काम गरिरहेको छ ।

तराई मधेशमा दशैं, दिपावली, भाईटिका जस्ता अत्यधिक मानविय जमघट हुने चाँडबाँड सकिएको र हजारौ मानिस एकै स्थानमा जमघट हुने छठपर्व अझै बाँकी रहेको बेला विश्वव्यापी कोरोना महामारीको जोखिम यथावत रहेको भन्दै रेडक्रस महोत्तरीले सूरक्षाका मापदण्डको पालना गर्न/गराउनका लागि व्यापक रुपमा प्रचार प्रसार गरिरहेको सभापति दीपक मिश्रले बताउनुभयो ।

उहाँले मानव जीवन सूरक्षा पहिलो धर्म रहेको रेडक्रसले अहिले महोत्तरीको सदरमुकाम जलेश्वर सहित जिल्लाको मुख्य मुख्य शहरहरुमा कोरोनाबाट बाँच्न/बचाउन विभिन्न नाराहरु सहित म्याँकिङ्ग समेत गराइरहेको बताउनुभयो ।
म्याकिङ्गमा मास्क लगाएर हिडडुल गरौं, व्यक्ति व्यक्तिबीच सामाजिक दुरी कायम गरेर बसौं, हाट, बजार वा भिडभाड भएको ठाउँमा जाँदा अनिवार्य मास्क लगाऔं, पटक पटक साबुन पानीले हात धोऔं, स्वास्थ्य सूरक्षाका सम्पूणर् मापदण्ड पूरा गरौ जस्ता जनचेतनामूलक संदेश फैलाउने काम भइरहको देखिएको छ ।

यसका साथै रेडक्रसले जिल्लाको मुख्य भारतीय सीमानाकामा भारतबाट नेपाल प्रवेश गर्नेहरुका लागि कोभिड-१९ चेकजाँच कक्ष समेत स्थापना गरेर भारतबाट नेपाल आउनेहरुको सेवा दिइरहेको रेडक्रस महोत्तरीका कोषाध्यक्ष बिजय गुप्ताले बताउनुभयो ।

त्यस्तै रेडक्रस महोत्तरीले कोरोना जोखिमयुक्त स्थान, समुदाय, संघ, संस्था तथा गाउँ टोलमा मास्क, ग्लोब, सेनिटाईजर सहितका कोरोना विरुद्धका सामग्रीहरु पनि वितरण गरिरहेको कोषाध्यक्ष गुप्ताले बताउनुभयो ।

यसरी चाँडबाँडको बेला भीडभाड हुने र भइरहेको अवस्थामा रेडक्रस महोत्तरीले कोरोना विरुद्ध विभिन्न संदेशमूलक जनचेतनाहरु फैलाइरहँदा जिल्लाका बुद्धीजीविहरुले रेडक्रस महोत्तरीको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर