LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

धनुषाको प्रसाहीमा दलित अधिकार सभा सम्पन्न

जनकपुरधाम कार्तिक २१ गते । धनुषाको हंसपुर नगरपालिका स्थित नौवाखोर प्रसाहीमा दलित अधिकार सभा सम्पन्न भएको छ ।

जनता समाजवादी दलित मुक्ति संगठन, हंसपुर नगरपालिकाको आयोजनामा भएको दलित अधिकार सभामा दलित एकता, राज्यमा पुर्ण समानुपातिक प्रतिनिधित्व, सुरक्षा एबम मानव अधिकार लगायत महत्त्वपूर्ण बिषय उपर वक्ताहरूले आ-आफ्ना बिचारधारणा प्रस्तुत गरेका थिए। दलित समुदाय उपर हुने हत्या हिंसामा गैरदलितले अग्रसर भइ दलित आन्दोलनमा सहरथी बन्नु पर्ने आवस्यकता रहेको वक्ताहरुले धारणा राखेका थिए।

कार्यक्रममा स्थानीय नेता दिलिप सदाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी संघीय सांसद प्रत्यासी उम्मेदवार एबम जसपा पार्टी केन्द्रिय सदस्य दिपक कार्की, अतिथि दलितका नेताहरु मा. चमेली देवि दास, चन्देश्वर पासमान, मा. सुनिता मोची, जसपा केन्द्रिय सदस्य ईजरायल अहमद रिजवी, जसपा जिल्ला अध्यक्ष पशुपति यादव, जसपा बौद्धिक नेता जितेन्द्र यादव, चन्देश्वर सदा, रामो महरा, रामेश्वर महरा, सत्रोहन महरा लगायत श्याम यादव, देवचन्द्र मण्डल, जसपा युवा धनुषा जिल्ला अध्यक्ष दिपेन्द्र कापडी, जसपा विद्यार्थी जिल्ला सचिव बलिराम कापडी राम नारायण कापडी लगयत मुख्य नेताहरुको उपस्थितिमा कार्यक्रम भव्यता पुर्वक सप्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर