LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

धनुषाको प्रसाहीमा दलित अधिकार सभा सम्पन्न

जनकपुरधाम कार्तिक २१ गते । धनुषाको हंसपुर नगरपालिका स्थित नौवाखोर प्रसाहीमा दलित अधिकार सभा सम्पन्न भएको छ ।

जनता समाजवादी दलित मुक्ति संगठन, हंसपुर नगरपालिकाको आयोजनामा भएको दलित अधिकार सभामा दलित एकता, राज्यमा पुर्ण समानुपातिक प्रतिनिधित्व, सुरक्षा एबम मानव अधिकार लगायत महत्त्वपूर्ण बिषय उपर वक्ताहरूले आ-आफ्ना बिचारधारणा प्रस्तुत गरेका थिए। दलित समुदाय उपर हुने हत्या हिंसामा गैरदलितले अग्रसर भइ दलित आन्दोलनमा सहरथी बन्नु पर्ने आवस्यकता रहेको वक्ताहरुले धारणा राखेका थिए।

कार्यक्रममा स्थानीय नेता दिलिप सदाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी संघीय सांसद प्रत्यासी उम्मेदवार एबम जसपा पार्टी केन्द्रिय सदस्य दिपक कार्की, अतिथि दलितका नेताहरु मा. चमेली देवि दास, चन्देश्वर पासमान, मा. सुनिता मोची, जसपा केन्द्रिय सदस्य ईजरायल अहमद रिजवी, जसपा जिल्ला अध्यक्ष पशुपति यादव, जसपा बौद्धिक नेता जितेन्द्र यादव, चन्देश्वर सदा, रामो महरा, रामेश्वर महरा, सत्रोहन महरा लगायत श्याम यादव, देवचन्द्र मण्डल, जसपा युवा धनुषा जिल्ला अध्यक्ष दिपेन्द्र कापडी, जसपा विद्यार्थी जिल्ला सचिव बलिराम कापडी राम नारायण कापडी लगयत मुख्य नेताहरुको उपस्थितिमा कार्यक्रम भव्यता पुर्वक सप्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर