LIVE NEWS
पर्सामा लोकतान्त्रिक पत्रकार संघको पहिलो कार्यालय उद्घाटननगर प्रमुख साह अख्तियारको फन्दामा, घुससहित रंगेहात पक्राउपूर्वाञ्चल विश्वविद्यालयको नयाँ बजेट सार्वजनिक — १ अर्ब ७० करोड रुपैयाँ शिक्षण अस्पताल र एमबिबिएसमा प्राथमिकतावीरगञ्जमा खानेपानी संकट नियन्त्रणमा प्रदेश सरकारको वारुणयन्त्र परिचालनसर्लाहीमा पिकअप र मोटरसाइकल ठोक्किँदा दुई नेपाली सेनासहित पाँच घाइते“जनकपुरमा अटो–इ–रिक्सा अव्यवस्थापन विरुद्ध विद्यार्थी जनमत संघको ज्ञापनजनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि आफ्नै पार्टीकै केन्द्रीय सदस्यले कालोमोसो छ्यापे

प्रचण्डको एकीकरण प्रस्ताव जसपाद्वारा स्वागत, राख्यो यस्ता सर्त

काठमाडौं : पार्टी एकीकरण गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रस्तावलाई जनता समाजवादी पार्टी (जसपा) ले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको छ ।

आज सर्लाहीमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी र जसपाबीच छिटो भन्दा छिटो एकता गर्न प्रस्ताव गरेपछि नेपाली रेडियो नेटवर्कलाई प्रतिक्रिया दिँदै जसपाका एक प्रभावशाली नेता मनिष सुमनले आफूहरु पनि एकताकै पक्षमा रहेको बताउनुभयो ।

तर त्यसका लागि प्रदेशको सिमांकन फेर्ने, नागरिकताको समस्या समाधान गनुपर्र्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गनुपर्ने लगाययका मधेसी जनताका मागहरु सम्बोधन गर्न प्रचण्ड तयार हुनुपर्ने उहाँले बताउनुभयो ।

आफूहरुका यी माग सम्बोधन गर्न प्रचण्ड तयार भए एकीकरण टाढा नरहेको पनि उहाँले बताउनुभयो ।

सर्लाहीमा आयोजित कार्यक्रममा प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्रराय यादवलाई छिटो पार्टी एकता गर्न अपील गर्नुभएको थियो ।

क्षेत्रीय पार्टीबाट मधेसी र पहाडीया जनताको मुक्ति नहुने दाबी गर्दै प्रचण्डले एकीकरण गरेर पार्टीलाई टापु हैन महासागर बनाउन प्रस्ताव गर्नुभयो । प्रचण्डले पार्टी एकता गरेमा जसपाका नेताहरुलाई सम्मान र अधिकार दिन कुनै कमि नहुने आश्वासन दिनुभयो ।

पार्टी एकीकरणको प्रस्तावका लागि प्रचण्डलाई धन्यवाद दिँदै जसपा नेता सुमनले साच्चै एकता चाहने हो भने मधेसका माग र मुद्दाको सम्बोधन हुनुपर्ने बताउनुभयो । अन्यथा एकीकरणको कुरा भाषणमा मात्रै सीमित हुने उहाँले बताउनुभयो ।

आजै प्रचण्डले नागरिकता लगायतका विषयमा पनि सत्ता पक्ष र प्रतिपक्षबीच संवाद गरेर निर्णयमा पुगिने बताउनुभएको थियो । सर्लाही पुग्नुअघि जनकपुरधाममा पत्रकारसँग कुरा गर्दै उहाँले नागरिकताको समस्या समाधान गर्न तयार रहेको बताउनुभयो ।

प्रचण्डले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको बताउनुभयो । संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उहाँले बताउनुभयो ।

प्रचण्डले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति भइसकेको जानकारी दिँदै आगामी आम निर्वाचन पनि जित्ने गरी मैदानमा उत्रने बताउनुभयो ।

तर नेकपा एमालेले भने माओवादी लगायतका दलहरुको विजय सम्भवै नरहेको जवाफ दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटालाई संसदीय व्यवस्थाका कलंकको संज्ञा दिँदै अब कुनै हालतमा जित्न नसक्ने दाबी गर्नुभयो ।

सबै दलहरुले चुनावकेन्द्रित तयारी गरिरहँदा प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस भने आन्तरिक किचलोमा छ । कांग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वका बेला जनतालाई मार पार्ने गरी मूल्यवृद्धि गरेको भन्दै आफ्नै पार्टीका सभापतिको नेतृत्वमा रहेको सरकारको चर्काे आलोचना गर्नुभयो ।

निर्वाचनमा जाने बेलामा मूल्यवृद्धि गराएर आफ्नै पार्टी नेतृत्वको सरकारले जनतालाई जवाफ दिन सक्ने अवस्था समेत नबनाएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

सिंहले सरकारले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने र जनतालाई राहत दिने काममा विशेष ध्यान दिन जरुरी रहेको पनि बताउनुभयो ।

उहाँले १४औँ महाधिवेशनमा पुरानै नेतृत्वलाई निरन्तरता दिएर पार्टीलाई झनै कमजोर बनाउने गल्ती नगर्न नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो ।

तर प्रधानमन्त्री समेत रहनुभएका सभापति शेरबहादुर देउवा एक कार्यकाल फेरि पार्टी नेतृत्वमा रहँदै कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएर मात्रै विश्राम लिने रणनीतिमा रहेका निकट नेताहरु बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर