रौतहट , कात्तिक १६ गते । रौतहटमा सोमवार राति भएको मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा कार्यरत ३३ बर्षीया रामनिवास यादव रहेका छन् ।
रौतहटको पूर्वीभेग स्थित गढीमाई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा उनी सवार ज ७ प ३१४२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठोक्किएर राति सवा ८ बजे घटना स्थलमै यादबको मृत्यु भएको प्रहरीले जनाएको हो ।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीको नेतृत्वको टोली र इलाका प्रहरी कार्यालय पिपरा रजबाडा सहितको टोली घटनास्थल पुगेर मृतक प्रहरी यादवको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।