LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

तिहार मनाउन घर जानेका लागि काठमाण्डुका चार स्थानमा निःशुल्क खोप लगाउन सुरु

टुडेवाणी,

काठमाडौँ : सरकारले चाडपर्वलाई मध्यनजर गर्दै काठमाण्डु उपत्यकाबाट बाहिर जानेहरुका लागि कोरोना भाइरसविरुद्धको निशुल्क खोपको व्यवस्था गरेको छ ।

तिहार मनाउन घर जाने यात्रुहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुका विभिन्न ठाउँमा कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको खोप शाखाका अनुसार खोपको कार्यक्रम आज र भोलि दुई दिन चल्नेछ । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सन्चालन हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले उपत्यका छाड्न चाहाने यात्रुहरुलाई आफ्नो परिचयपत्र लिएर खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर