टुडेवाणी,
काठमाडौँ : सरकारले चाडपर्वलाई मध्यनजर गर्दै काठमाण्डु उपत्यकाबाट बाहिर जानेहरुका लागि कोरोना भाइरसविरुद्धको निशुल्क खोपको व्यवस्था गरेको छ ।
तिहार मनाउन घर जाने यात्रुहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुका विभिन्न ठाउँमा कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको खोप शाखाका अनुसार खोपको कार्यक्रम आज र भोलि दुई दिन चल्नेछ । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सन्चालन हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले उपत्यका छाड्न चाहाने यात्रुहरुलाई आफ्नो परिचयपत्र लिएर खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेको छ ।