LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

अफगानिस्तानको हजारा शिया समुदायका मानिसहरूलाइ जबरजस्ती आफ्नो प्रान्तबाट विस्थापित गराइदै

टुडेवाणी,

काठमाडौँ : तालिबानले आफ्ना समर्थकहरूलाई जमिन उपलब्ध गराउन मानिसहरूलाई आफ्नो घरबाट विस्थापित गराइरहेका छन। ह्युमन राइट्स वाचले बताए अनुसार यस्ता विस्थापनले हजारा शिया समुदायलाई आफ्नो तारो बनाएको छ।

यसबाहेक तालिबानले पूर्व सरकारसँग सम्बन्धित व्यक्तिहरुलाई पनि निशाना बनाएको ह्युमन राइट्स वाचले बतायो। प्रेस विज्ञप्तिमा ह्युमन राइट्स वाचले तालिबानले अक्टोबर महिनामा दक्षिणी हेलमन्ड प्रान्त र उत्तरी बाल्ख प्रान्तबाट सयौं हजारा परिवारहरुलाई ज’बरज’स्ती निकाला गरेको बताएको छ। तिनीहरूले पहिले नै डाईकुण्डी, उरुज्गान र कन्दहार प्रान्तबाट देश निकाला गरेका थिएl

विस्थापनहरू धेरैजसो अफगानिस्तानका डेकुन्डी र उरुज्गान प्रान्तका १५ वटा गाउँहरूमा भएको छ। एचआरडब्ल्यूको प्रेस विज्ञप्तिअनुसार तालिबानले सेप्टेम्बरमा कम्तीमा २८०० हजारा बासिन्दालाई देश निकाला गरिएको छ। ती परिवारहरू आफ्नो सरसम्पत्ति र बाली छोडेर अन्य जिल्लाहरूमा भाग्न बा’ध्य भएका हुन्।

यस्तै उक्त रिपोर्टमा एचआरडब्ल्यूले एक भूतपूर्व बासिन्दालाई उद्धृत गर्दै भन्यो तालिबानले सडकमा जाँचबिन्दुहरू स्थापना गरेको छ। तालिबानका अधिकारीहरूले जनतालाई “आफ्नो बाली आफूसँगै लैजान” समेत अनुमति दिएका छैन। कन्दहार प्रान्तका तालिवान अधिकारीहरुले सरकारी स्वामित्वमा रहेको आवासीय परिसरका बासिन्दालाई तीन दिनभित्र भवन छाड्न भनेकाका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर