LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

सामलिङ्ग पावरको IPO बाँडफाँट मिति तोकियो

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर आईपीओ बाँडफाँट मंगलबार हुने भएको छ ।

कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुला भएको आईपीओ मंगलबार बाँडफाँट गर्ने मिति तय भएको कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको गरेको थियो ।

कुल निष्कासित शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ ।

त्यस बाहेकको ६ लाख ७८ हजार ९०० कित्ताका लागि शेयरमा सर्वसाधारणले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा ३९।६७ गुणा धेरै अर्थात् २२ लाख ६५ हजार ६९८ वटा आवेदन परेको थियो ।

दुई अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको दुई करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेकोमा ६७ हजार ८९० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी २१ लाख ९७ हजारले शेयर हात पार्ने छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर