LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

नेपालमा आएर केहिदिन बिताएका अनुपम खेरले किन नेपालको बारेमा यस्तो लेखे ?

टुडेवाणी,

काठमाडौं : गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म ‘उँचाइ’ को छायांकन भइरहेको थियो । फिल्म युनिटले सेप्टेम्बर २८ मा पहिलो सेड्युल सकाएको छ । पहिलो सेड्युल अन्तर्गत दुई दिन काठमाडौं र बाँकी समय नेपालको हिमाली जिल्लामा छायांकन गरिएको हो । गत बिहीबार नेपाल सेड्युल ‘इन्ड क्ल्याप’ गरेको फिल्मका मुख्य कलाकारहरू अनुपम खेर, परिणिती चोपडा, बोमन इरानी भारत फर्किसकेका छन् । हिमाली भेगतर्फ लुक्ला र नाम्चेको सुन्दरता कैद गरेपछि फिल्मका कलाकार अनुपमले नेपालको सुन्दरताको प्रशंसा गरेका छन् ।

सोसल मिडियामार्फत नेपालको सुन्दरताबारे आफ्ना फ्लोअर्सलाई जानकारी दिइरहेका अनुपमले एक स्ट्याटस पोस्ट गरेका छन् । उनले सामाजिक सञ्जालमा बितेको २७ दिनमा जीवन परिवर्तनको अनुभव भएको जनाएका छन् । ‘मलाइ मेरो क्षमतालाई चुनौती दिन र आफूलाई पुनः आविष्कार गर्न उत्प्रेरित गर्‍यो । अभिनेता र व्यक्तिगत दुवै रूपमा,’ अनुपमले लेखे ।

मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पाको पनि अभिनय रहेको छ। यद्यपि नेपालमा अमिताभ बच्चन आएनन् । स्वास्थ्यले साथ नदिएका कारण उनी आउन नसकेको फिल्मसँग जोडिएका एक सदस्यले बताएका छन् । चार जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ । फिल्मसँग जोडिएको सदस्यको भनाइलाई आधार मान्ने हो भने अमिताभको डुब्लिकेटको भूमिका राजा चौधरीले निर्वाह गरेका थिए ।

बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भइरहेको छ । नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले फिल्मको छायांकन निर्धारित सेड्युल अनुसार नै भएको बताए।

फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले ‘उँचाइ’ पछि अन्य भारतीय फिल्म पनि छायांकनका लागि आउने विश्वास व्यक्त गरे । ‘उहाँहरू नेपालको सुन्दरता देखेर मोहित हुनु भएको छ । आस छ, यसको चर्चा बलिउडमा हुनेछ,’ अरुणले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर