LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

छिट्टै सुकुम्बासीको हातमा जग्गाको लालपुर्जा वितरण गर्छौं : मन्त्री श्रेष्ठ

मोरङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सुकुम्बासीलाई चाँडै जग्गाको लाजपुर्जा वितरण गरिने बताएकी छिन् । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेसम्म आफ्नो जग्गामा पाइला हाल्न नसक्ने, छाप्रोसमेत नभएका सुकुम्बासी, गरिब, दलित भूमिहीनलाई जग्गा वितरण यथाशीघ्र गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

डिजिटल नक्सा निकाल्ने बिचौलियाको चलखेल नियन्त्रण प्रक्रियाको थालनी भएको उनको भनाइ थियो । उनले नापी शाखामा सेवाग्राहीलाई जग्गाको हालसाविक गर्ने कार्य सरल एवं सहज ढङ्गले उपलब्ध गराउन मिलेमतो विचौलियामार्फत गरिने कार्य अविलम्ब रोक्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री श्रेष्ठले भूमि आयोग संवैधानिक व्यवस्था एवं ऐनअनुसार गठन भएको बताउँदै यो स्थायीरूपमा रहने र चाँडै पूर्वतयारी सम्पन्न भएपछि जिल्लामा गठन गरिने जानकारी दिईन्। उनले जिल्लास्तरीय भूमि आयोगमा आन्दोलनकर्मी एवं अधिकारीकर्मीको प्रतिनिधित्व हुनेछ भन्दै लाभमात्र खोज्नेलाई त्यसमा कुनै स्थान नहुने विचार राखिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर