LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

जसपामाथि प्रहार गर्नेहरू आफैँ ध्वस्त भए : जसपा अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीलाई पटकपटक प्रहार गर्नेहरू आफैँ ध्वस्त भएको बताएका छन्। केही समय पहिले यही पार्टीका नेतालाई उचालेर ध्वस्त पार्न खोज्ने केपी शर्मा ओलीसहितका अवसरवादी आफैँ  ध्वस्त भएको उनको दाबी छ।

जनता समाजवादी पार्टी पर्साले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले जनता समाजवादी पार्टीलाई सहिदहरूले बलिदानी दिएर बनाएकाले यो पार्टी यतिकै नसकिने दाबी गरे।

व्यक्तिगत स्वार्थले पार्टी निर्माण नभएकाले अगामी निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउन संगठन विस्तार गरिने उनको भनाइ छ। उनले जनता समाजवादी पार्टीको झन्डा साधारण कपडा नभएको र यो सहिदको सपनाले बनेकोले यसलाई कमजोर नबुझ्न चेतावनी दिए।

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबै वर्ग, क्षेत्र, समुदाय र लिंगलाई समेट्ने पार्टीको रूपमा जसपा नै रहेको बताए। देशका सबै पार्टीहरूको संयुक्त प्रयासमा वर्तमान संविधान संशोधन गरी नयाँ ढंगले संघीय व्यवस्था स्थापना गर्नुपर्ने बताएका छन्।

उनले जनता समाजवादी पार्टीप्रति दिनदिनै लहर बढ्दै आएकाले आउने दिनमा जिल्लामा पार्टीको झन् राम्रो नतिजा आउने दाबी गरे।

प्रतिक्रिया
सम्बन्धित खवर