LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

रातारात चमत्कार प्राप्तिका लागि सुत्नुअघि राख्नुहोस् सिरानीमुनी यी ५ चिज कुन-कुन ?

टुडेवाणी, कार्तिक १३ गते ।

काठमाडौँ :  शास्त्र भन्छ ‘दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ ।’ रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ । दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ ।

हनुमान चालिसा ।
हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जाग्रित हुन्छ ।

फलामको उपकरण ।
सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो ।

मुला ।
सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिल्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट रोक्छ ।

फूल ।
सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

दुर्गा सप्तसती पाठ ।
दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर