LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जसपाको शक्ति मजबुत संगठन : जसपा नेता यादव

जनकपुरधाम : जनता समाजवादी पार्टी(जसपा) नेपालका नेता जितेन्द्र यादवले शोषित पीडित मधेशी,दलित,आदिवासी जनजाति, मुस्लिम र पिछडावर्ग समुदायको अधिकार प्राप्तिका लागि देशमा वैकल्पिक शक्तिको रूपमा जसपा नेपाल पार्टीको उदय भएको कुरा बताउनुभएको छ।

जनकपुरधाममा गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै  नेता यादवले रुढीवादी विचारधाराबाट प्रभावित कांग्रेस र एमाले पार्टी प्रति मधेशी दलित, आदिवासी, जनजाति पिछडावर्गको विश्वास नरहेको कुरा औल्याउनु भयो।

उहाँले जसपा नेपाल पार्टीको शक्ति मजबुत संगठन र अनुशासित, प्रशिक्षित नेता कार्यकर्ताहरुको कुरा बताउनुभएको छ।

सो कार्यक्रममा  पुर्व प्रदेश सचिव शेषनारायण यादव, जिल्ला अध्यक्ष पशुपति यादव, बौध्दिक पेशा कर्मि महासंघ के केन्द्रीय उपाध्यक्ष जितेन्द्र यादव,जसपा नेता कार्यकर्ता सहितका वक्ताहरुले बोल्नु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर