LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

भारतीय सेनाले बंगलादेश नौसेनालाइ प्यारासुट तालिम प्रदान गर्दै

टुडेवाणी,

काठमाडौँ : भारतीय सेनाले सोमबार बङ्गलादेश नौसेनाका विशिष्ट कमाण्डोहरूका लागि निःशुल्क प्यारासुट प्रशिक्षण सञ्चालन गरेको थियो।भारतीय सेनाको सेना एडभेन्चर विङका जानकारहरुले सो तालिम सञ्चालन गरेका हुन् ।

भारत र बंगलादेशबीच द्विपक्षीय सहयोगका क्रममा सो तालिम सञ्चालन गरिएको थियो ।यसअघि आज बंगलादेश नौसेनाका प्रमुख एडमिरल एम शहीन इकबालले भारतीय सेना प्रमुख जनरल एमएम नरभनेसंग भेट गरी द्विपक्षीय रक्षा सहयोग सुदृढ गर्ने विषयमा धारणा आदानप्रदान गरेका थिए।

भारतीय नौसेनाका अनुसार एडमिरल एम शहिन इकबाल भारतको आधिकारिक भ्रमणमा छन्। उनको भ्रमण अक्टोबर २३ देखि सुरु भएको थियो र यो अक्टोबर २९ सम्म रहनेछ।

बहिनीलाई बिएससी नर्सिङ पढाउने पठाओ राइडर सुनिलको सपना खोस्यो टिपरले
सुनिलप्रसाद महतो दिनभरि मोटरसाइकल वर्कसपमा काम गरेर बुधबार साँझ आफ्नो डेरा फर्केका थिए।
कलंकीस्थित उनी काम गर्ने वर्कसपबाट डेरा नजिकै थियो। उनी पुग्दा कान्छी बहिनीले कोठामा खाना पकाइसकेकी थिइन्। हत्तपत्त खाना खाएर उनी मोटरसाइकल स्टार्ट गरेर निस्किइहाले।

पर्सा, जगरनाथपुर गाउँपालिका घर भएका २५ वर्षीय महतो दिनभर वर्कसप र रातको समय पठाओ राइडरको काम गर्थे।
दसैंको फूलपातीको दिन मात्रै बागमती प्रदेश-२-०३०प ८७२५ नम्बरको नयाँ मोटरसाइकल निकालेपछि उनले अतिरिक्त कमाइका लागि पठाओ राइडरको काम सुरू गरेका थिए।फ्नी कान्छी बहिनीलाई पनि यतै पढाउने भनेर ल्याएका थिए।

अहिले उनकी बहिनी बिएस्सी नर्सिङ पढ्ने तयारीमा थिइन्। ‘बहिनीलाई बिएससी नर्सिङ पढाउने भनेर रातदिन काम गरिरहेको थियो,’ शुक्रबार महानगरीय प्रहरी वृत्त गौशालामा भेटिएका प्रेमचन्द्रले मलिन स्वरमा भने।

त्यस दिन साँझ घरबाट निस्केका सुनिल राति अबेरसम्म फर्केनन्। फर्किएलान् नि भनेर बहिनीले पनि राति खोजी गरिनन्।
बिहान सुनिलको मोबाइलमा फोन गर्दा पो उनले थाहा पाइन्- सुनिल त राति नै दुर्घटनामा बितिसकेछन्।

प्रतिक्रिया
सम्बन्धित खवर