LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

भारत नेपालको एक नम्बर मित्र होः ओमप्रकाश शर्मा

काठमाडौं । प्रदेश २ का खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले नेपालको एक नम्बर मित्र भारत नै भएको बताएका छन् । उनले भारतको स्थान कुनै पनि मुलुकले लिन नसक्ने दाबी गरे ।

‘गाउँ समाजमा मित्र, नातेदार ठूलो संख्यामा राख्छौं, एक नम्बरको एउटै हुन्छ । नेपालका लागि एक नम्बर असल मित्र भनेको भारत नै हो । अरू दोस्रो, तेस्रो हुन् ‘ उनले भने, ‘कुनै नेपाली चीन, रुस, अमेरिकाको नजिक हुन सक्छन् । तर भारतले जस्तो सहयोग अरूले गरेको छैन, गर्न सक्दैन पनि ।’

वीरगञ्जमा दीपावली तथा छठ पूजाको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री शर्माले वीरगञ्जलाई लोडसेडिङ मुक्त गर्न मुजफ्फरपुरबाट विधुत ल्याइएको र अहिलेसम्म त्यहि प्रयोगमा रहेको उल्लेख गरे । उनले रक्सौलमा डोमेष्टिक एयरपोर्ट स्थापना गराउनुपर्नेमा जोड दिए ।

नेपाल भारत विश्व मैत्री संघ पर्साले शनिबार शुभकामना आदानप्रदान कार्यक्रम राखेको थियो । मन्त्री शर्माले पटाका पड्काउन पूर्ण रूपमा निषेध गर्नुपर्नेमा जोड दिए । ‘चाडवाडमा पटाका हैन कपडा र मिठाइ बाड्नुस, ‘ उनले भने ।

कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका शैलेन्द्र कुमारले नेपाल र भारतको सम्बन्ध विश्वका लागि उदाहयणीय भएको बताए । ‘खानपान, रहनसहन र संस्कार एकै छ । यो सम्बन्ध उदाहयणीय छ तर रोटीबेटीको सम्बन्धलाई भनेर मात्रै हैन, निभाएर देखाउनुपर्छ ,’ उनले भने ।

कोरोनाकालमा दुवै देशका नागरिकले कठिन परिस्थिको सामना गर्नुपरेको बताउँदै उनले सीमामा अन्तरदेशीय नभई अन्तरराज्य जस्तो ब्यवहार गर्नुपर्ने बताए । देश दुईवटा हो तर सीमावर्ती क्षेत्रका नागरिक यसलाई दुई देश मान्दैनन् शैलेन्द्र कुमारले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर