LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

विद्युतीय सवारी साधन प्रयोग गर्न मन्त्री भुसालको आह्वान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतीय सवारी साधन प्रयोग गर्न आह्वान गरेकी छिन् ।

मन्त्री भुसालले मुलुकको व्यापार घाटालाई कम गर्न, मुलुकको राष्ट्रिय अर्थमन्त्रीलाई आत्मनिर्भर बनाउन र स्वच्छ वातावरणसहितको समुन्नत राष्ट्र निर्माण गर्नका लागि पनि अव सबैले विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने स्पष्ट पारिन् ।

शनिबार ललितपुरको जावलाखेलबाट विद्युतीय सवारी साधन र्‍यालीको शुभारम्भ गर्दै उनले विद्युतीय सवारी साधन सबैभन्दा सस्तो हुने र त्यसका लागि आवश्यक विद्युत मुलुक भित्रै पर्याप्त मात्रामा रहेको बताइन् ।

मन्त्री भुसालले पेट्रोलियम पदार्थको खरिदबाट मुलुकमा व्यापार घाटा हुने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण गर्दै लैजान पनि विद्युतबाट चल्ने सवारी साधनको प्रयोग आवश्यक रहेको स्मरण गराइन।

उनले भनिन्, ‘विद्युतमा हामी आत्मनिर्भर भएका छौं । र देशको सबै क्षेत्रमा चाहे घरायशी होस, चाहे उद्योग र यातायात क्षेत्रका लागि होस् । त्यसलाई दिने ऊर्जा हामीसँग छ । दोस्रो हाम्रो ठूलो व्यापार घाटा आयाजित पेट्रोलियम पदार्थको कारणले भएको छ । २ खर्बभन्दा बढि पेट्रोलियम पदार्थको आयात हुन्छ ।

४० अर्बभन्दा बढि एलपी ग्याँस आयात हुन्छ । यसलाई केवल विस्थापित गर्न सक्ने भनेको विद्युतीय ऊर्जा हो । त्यसैले यो असन्तुलित व्यापार घाटालाई कम गर्न र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पु¥याउन सबैले विद्युत सवारी साधनको प्रयोग गरौं । र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरौं । यो आफैंमा सस्तो छ ।’

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल भित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न ढिलाई गर्न नहुने स्पष्ट पारिन् ।

उनले विद्युतीय सवारी साधान संचालनका लागि सबै ठाउँमा चार्जिङ स्टेशनहरुको व्यवस्था हुने बताए ।

र्‍यालीमा मुलुकलाई आत्मनिर्भर बनाउन, स्वच्छ वातावरणको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन विद्युतीय सवारी साधन संचालन गर्न उपयुक्त हुने खालको सन्देशसहितको प्लेकार्डहरु प्रर्दशन गरिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर