LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

लोसपा : अधिकांश नेता कार्यकर्ताद्वारा एकल नेतृत्वको माग, प्रमुख सचेतक परमेश्वर साहसँग असन्तुष्ट

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल धनुषामा सांगठनिक संरचना कसरी बनाउने र कुन प्रक्रिया अनुसार अगाडि बढ्ने भन्ने सवालमा आन्तरिक किचलो देखिएको छ ।

लोसपा नेपाल धनुषाका अधिकांश नेता कार्यकर्ताहरु शुक्रबार जनकपुरधाममा अध्यक्ष महन्थ ठाकुरसँग भेटघाट गर्दै पार्टी भित्र एकल नेतृत्व चयन गर्दै सामूहिक निर्णय प्रणालीको माग गरेका छन् ।

उनीहरुले राजपा रहेको बेला पार्टी भित्र ६ जना अध्यक्ष मण्डल रहेको र उनीहरुमध्येबाट एकजना नेतृत्व गरिरहेको अवस्था जस्तै अहिले त्यो कुरा स्वीकार्य नहुने समेत बताए । विगतमा अध्यक्ष मण्डलमा रहेका व्यक्ति बाहेककालाई वर्तमानमा नेतृत्व प्रदान गर्न अध्यक्ष ठाकुरसँग माग गरे ।

लोसपा नेपालका नेता धिरेन्द्र सिंहले भने,‘विगतमा अध्यक्ष रहेका व्यक्तिलाई अब हामी नयाँ नेतृत्वमा स्वीकार्दैनौं, उनीहरुबाहेककालाई अध्यक्ष बनाउनु पर्दछ ।’

विगतमा अध्यक्ष मण्डलमा रहेका परमेश्वर साह, संजय सिंह, सतिश लाल दास, ज्ञानेन्द्र झा ज्ञानु र प्रमोद यादवबाहेकका नेतालाई नयाँ नेतृत्वका लागि संयोजक चयन गर्न आफूहरुले अध्यक्ष ठाकुरसँग आग्रह गरेको सिंहले बताए । उनले पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रमोद यादवलाई आफ्नो रबर स्टाम्पको रुपमा प्रयोग गरिरहेको आरोप समेत लगाए ।

उनले भने,‘परमेश्वर साहले प्रमोदलाई फेरि अध्यक्ष बनाएर आफू अनूकुल काम गराउन चाहिरहेका छन् । परमेश्वरले सुरुमा स्थानीय तहको चुनाव लड्ने र संयोगवश पराजय भोगेमा फेरि प्रदेश सभाको चुनाव पनि आफूले नै लड्ने दाउ खोजिरहेको र सोही अनूरुप आफ्नो अनूकुलका मान्छेलाई उनले फेरि अध्यक्ष बनाउन चाहिरहेका छन् ।’

उनले धनुषा र महोत्तरीमा पार्टीलाई सिण्डिकेट बनाएर आफू अनूकुल चलाउन खोजे आफूहरुलाई त्यो कुरा कदापी स्वीकार्य नहुने बताए । उनले धनुषामा पार्टीभित्रका अधिकांश नेता कार्यकर्ताहरु यसको विरोधमा रहेको समेत दावी गरे ।

उनले अध्यक्ष ठाकुरलाई पार्टीभित्रकै केही नेताहरुले घेराबन्दीमा पारेर एकतर्फा कुराहरु मात्र सुनाई षडयन्त्रपूर्वक प्रमोद यादवलाई फेरि जिल्ला अध्यक्ष बनाउन जालझेल गरिरहेको जिकिर गरे ।

नेता सिंहले केन्द्रीय पार्टी कार्यालयबाट ल्याइएको सदस्ता रसिद समेत प्रमोद यादवले आफ्नो मनोमानी तरिकाले प्रयोग गर्दै आइरहेको कुरा समेत आफूहरुले अध्यक्ष ठाकुरलाई जानकारी गराएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर