LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिले मानार्थ महारथीबाट सम्मान गर्ने

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चार दिवसीय भारत भ्रमणमा जाने भएका छन् ।भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको निमन्त्रणमा सेनापति शर्मा २३ कात्तिकमा भारत भ्रमणमा जाँदैछन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापति शर्माको नेृतत्वमा भारत भ्रमण दल टोलीलाई स्वीकृति दिने निर्णय गरिसकेको छ । भारतीयस्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी चिह्न ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत जान लागेका हुन् ।

नेपाल र भारतका सेना प्रमुखलाई कदरस्वरूप एकअर्काको मानार्थ महारथीबाट सम्मान गर्न प्रचलन छ ।

प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीबाट सम्मान गर्ने कार्यक्रम नेपाली सेनाले जनाएको छ ।

यसअघि भारतका स्थल सेनाध्यक्ष नरवानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर