LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

पहाडी क्षेत्रमा जसपाप्रति बढ्दो आकर्षण

धनकुटा । जनता समाजवादी पार्टीप्रति आकर्षण दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । आज धनकुटा जिल्ला समन्वय समितिको आयोजना र साँगुरीगढी गाउँ कमिटीको ब्यवस्थापनमा २ दिने अगुवा युवा प्रशिक्षण कार्यक्रममा पहिलो दिन नेकपा एमाले र काङ्ग्रेसबाट झन्डै ५० हाराहारी युवाहरू जनता समाजबादी पार्टीमा प्रवेश गरेका छन् ।

एमाले युवा संगठनको पुर्व गाउँ कमिटी अध्यक्ष रविन्द्र राईको नेतृत्वमा कार्यकारिणि सदस्य तथा पुर्व मन्त्री रकम चेम्जोङ, केन्द्रीय सदस्य अर्जुन थापा, राजकुमार राईलगायतले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा केन्द्रीय नेताहरूका अलाबा जिल्ला अध्यक्ष बल बहादुर राई, गाउँ कमिटि अध्यक्ष लिलाराज लावती, गाउँ कमिटी सह ईन्चार्ज तथा महिला नेतृ प्रमिला लिम्बू, समाजबादी पुर्व सैनिक संघ सदस्य आरसी राईलगायतको उपस्थिति रहेको थियो ।

सबै पार्टी जनताबाट परिक्षण भैसकेको र अबको राष्ट्रको उदाउदोसँगै अकाट्य शक्ति जसपा नै हुने भएकोले युवाहरू बिचलित नभई लामबद्ध भएर राजनैतिक उदेश्य प्राप्तितर्फ अगाडि बढ्नु पर्ने बताए । फरक प्रसँगमा आफू सत्तामा हुदा धेरै जनप्रिय काम गरे पनि प्रचारप्रसार गरेर जस लिन नखोजेको र अहिले धनकुटाबाट गएका जनप्रतिनिधिहरूले राष्ट्रिय राजनीतिमा दरिलो उपस्थिति देखाउन नसकेका कारण तुलनात्मक रूपमा विकासमा पछि परेको बताए ।

देशको हरेक ठाँउहरूमा सचेत भएर युवाहरूले हस्तक्षेपकारी भुमिका निर्वाह गर्दै अगाडि बढ्नु र त्यसको लागि नेतृत्व विकास अनिवार्य हुनु पर्ने कुरामा केन्द्रिय सदस्यदय राजकुमार राई र अर्जुन थापाले जोड दिएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर