LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

तपाईँको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल

टुडेवाणी, कार्तिक ११ गते । 

काठमाडौँ ।   वि.सं.२०७८ साल कार्तिक १२ गते । शुक्रवार । ईश्वी सन् २०२१ अक्टोबर २९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि– अष्टमी, बिहान ०९ बजेर २१ मिनेट उप्रान्त नवमी । नक्षत्र–तिष्य, बिहान ०८ बजेर १७ मिनेट उप्रान्त अष्लेषा । योग–शुभ, बेलुकी ११ बजेर ४६ मिनेट उप्रान्त शुक्ल । करण– कौलव, बिहान ०९ बजेर ३१ मिनेट उप्रान्त तैतिल, बेलुकी ०९ बजेर ४१ मिनेट उप्रान्त गर । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २० मिनेट । दिनमान २७ घडी ४९ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तरपनि अध्ययन तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ । शेयर बजार तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) न्यालयसँग सम्वन्धीत कामहरु धाती राख्नुहोला । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिने अवसर आएपनि भनेजस्तो नतिजा निकाल्न मुस्किल पर्नेछ । बन्धुबान्धब हरुसँग मनमुटाव सिर्जना हुनेछ भने सैद्धान्तिक राय बाजिनेछ । समय मध्ययम रहेकोले चोटपटक लाग्ने तथा स्वास्थ्यमा समस्या देखापर्नेछ । पढ्ने लेख्ने काममा मन नजानाले अरुभन्दा पछी परिनछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) वन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरी आउने समस्याहरु सहजै समाधान हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुनाले बाहिरी तत्वहरुले प्रलोभन देखाएर फसाउन सक्छन् । यात्रा कष्टकर हुन सक्छ ध्यान दिनुहोला ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दैनिक खर्च बढ्ने तथा भैपरि आउने समस्याले सताउनेछ । स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेकोछ । सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथा भौतिक सम्पती हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । तापनी लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशी सामानकोे व्यापार फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाईनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग गरी आए आम्दानी बढाउन सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा बुवा सरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसायबाट न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमिको महशुस हुनेछ । सरकारी काममा सेवा प्रवाह गर्नेहरुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढि नै लगानी गर्नुपर्ने देखिन्छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरीने लगानीबाट भविस्यमा राम्रो नाँफा कमाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बन्द व्यापार फस्टाएर जाने तथा नयाँ ठाउँमा लगानी गर्ने अवसर जुर्नेछ । व्यावसायकै शवालमा लामो दुरिको यात्रा हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तु प्राप्त हुने योग रहेकोछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । स्वास्थ्यमा कमजोरि देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ख्याल गर्नुहोला । व्यापारमा लगानी गर्दा ध्यान दिनुहोला आज गरीने व्यावसायमा नाँफा कमाउन निकै समय खर्चनु पर्नेछ । विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययनमा भनेजस्तो उपलव्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।

प्रतिक्रिया
सम्बन्धित खवर