LIVE NEWS
पालिका स्तारिय बाल भेला कार्यक्रम सम्पन्नअब देखि सवारी चालक अनुमतिपत्रको म्याद १० वर्षमाइती नेपाल धनुषाको प्रभावकारी कार्यसम्पादन: एक वर्षमा सयौंलाई उद्धार, संरक्षण र पुनर्मिलनरा.रा.ब. क्याम्पसमा अनेरास्ववियुद्वारा सरसफाई तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्नइन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिकसुनको मूल्य अहिले सम्मकै सबैभन्दा बढीएकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा

जापानले बनायो उड्ने मोटरसाइकल : कति पर्छ मूल्य ?

काठमाडौं । जापानमा एउटा स्टार्टअप कम्पनीले आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ ।

त्यस मोटरसाइकलको मूल्य ६ लाख ८० हजार डलर अर्थात् झन्डै ८ करोड १६ लाख नेपाली रुपैयाँ राखिएको छ । होभरबाइक नाम दिइएको उक्त मोटरसाइकल किन्न पहिला नै अर्डर गर्नुपर्छ ।

निर्माता एएलआई टेक्नोलजीजले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको बताएको छ। होभरबाइकको एक्सटुरिज्मो लिमिटेड इडिशन बुधबारदेखि जापानी बजारमा उपलब्ध भएको हो । इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा टोक्योस्थित उक्त कम्पनीका लगानीकर्ता हुन् ।

एकचोटि चार्ज गरेपछि यो होभरबाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलजीजले जनाएको छ । साथै आगामी वर्षको मध्यसम्ममा एक जना चढ्न मिल्ने ३०० केजी तौल भएका २०० वटा होभरबाइक उत्पादन गर्ने निर्माता कम्पनीको लक्ष्य छ । प्रत्येक होभरबाइकमा एउटा परम्परागत इन्जिन र ब्याटरीजडित चारवटा मोटरहरू छन् ।

‘अहिलेसम्म जमिनमा र आकाशमा यात्रा गर्न सिमित विकल्प मात्र थिए । अब हामी यात्राका लागि एउटा नयाँ विधि दिन चाहन्छौँ ’, एएलआई टेक्नोलजीजका प्रमुख कार्यकारी दाइसुके कातानोले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर