LIVE NEWS
जनकपुरधाममा पुनः प्रश्न : गौशाला चौपायाका लागि कि देखावटी खर्चका लागि?सुनचाँदी बजारमा गरिएको प्रहरी कारबाहीको विरोधमा जनकपुर उद्योग वाणिज्य संघले बजार बन्दसहित विरोध प्रदर्शनदलित समाज उत्थान समिति, नेपालद्वारा आयोजित २४औँ साधारण सभा शुक्रबार महोत्तरीको जलेश्वरस्थितमहोत्तरीमा बालिकाको मृत्यु भएपछि सडक अवरुद्धविद्युत चोरी जस्तो गैरकानूनी काम विद्यालयको नाममामौसम खराब हुँदै, महोत्तरी प्रशासनद्वारा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोधप्रभु साहकै हठका कारण गाैर घटना भएको थियो फेरि त्यस्तै गर्न खाेज्दैछन् : कुन्दन कुशवाहा

नेता भण्डारीद्वारा ‍औरहीमा नवनिर्मित सामुदायिक भवन तथा बर्थिङ्ग सेन्टरको उद्घाटन

महोत्तरी- महोत्तरीको औरही नगरपालिका ७ सोनामाईमा नवनिर्मित सामुदायिक भवनको बिहिवार उद्घाटन गरिएको छ ।
प्रदेश २ को सामाजिक बिकास मन्त्रालय सामाजिक बिकास ईकाई को २० लाख आर्थिक सहयोगमा निर्माण तिन कोठा र शौचालय भएको नवनिर्मित सामुदायिक भवनको बिहिवार लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरत सिंह भणडारीद्वारा उद्घाटन गरिएको हो ।त्यसैगरि औरही नगरपालिका ८ टिम्कियामा बर्थिङ्ग सेन्टर तथा नेपाल परिवार नियोजन संघ महोत्तरीको स्वास्थ क्लिनिक(FAAN)को नवनिर्मित दुई कोठा,पर्खाल र खानेपानी सुबिधा भएको भवनको समेत उद्घाटन गरिएको छ।सो भवनका लागि औरही नगरपालिका ८ टिम्किया बस्ने सोमेन्द्र विक्रम थापाले १ कट्ठा जग्गा र मनाराशिस्वा नगरपालिका १ संजय कुमार सिंहले १ कट्ठा गरि दुवै जनाले २ कट्ठा दान गरेको जग्गामा सामाजिक बिकास मन्त्रालय सामाजिक बिकास ईकाई ४० लाखको लागतमा निर्माण भएको बर्थिङ्ग सेन्टर तथा नेपाल परिवार नियोजन संघ महोत्तरीको स्वास्थ क्लिनिक(FAAN) भवनको समेत लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरत सिंह भणडारी र प्रदेश सभा सदस्य जयनुल राईनले उद्घाटन गरेका छन् ।सो क्रममा नेता भणडारीले भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादाता द्वयलाई दोसल्ला उढाएर सम्मान समेत गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले मधेस र मधेसी जनताले अधिकार नपाए सम्म आन्दोलन जारी रह्ने बताए ।लोसपाका वरिष्ठ नेता तथा महाेत्तरी क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य समेत रहेका नेता भण्डारीले आफू कुनै बेला नेपाली कांग्रेस पार्टीका ठूलो हैसियत बाला नेता भए पनि मधेस र मधेसी जनताको पहिचान, सम्मान र अधिकारको मधेसवादी दलमा लागेर संघर्ष गर्दै आईरहेकाे बताए । उनले संविधान संशोधन नभए सम्म संघर्ष जारी रहने बताए ।  

प्रतिक्रिया
सम्बन्धित खवर