LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

औषधिमा गरिएको मूल्यवृद्धिमा छानविन गरिने : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिका सम्बन्धमा छानविन गर्ने बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उनले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिको छानविन गरिने बताएका हुन् । उनले स्वास्थ्य सचिव डा रोशन पोखरेललाई वृद्धि गरिएको मूल्यका सम्बन्धमा छानविन गर्न निर्देशन दिएका हुन् ।

औषधि व्यवस्था विभागले केही कम्पनीले उत्पादन गरेका औषधिको मूल्य बढाएपछि मन्त्रालयले त्यसको छानविन गर्ने भएको हो । “कच्चा पदार्थको मूल्य बढेका खण्डमा मात्र वैज्ञानिक मापदण्डका आधारमा मात्र औषधिको मूल्य बढाउन पाइन्छ”, उनले भने, “औषधिको मूल्य मनपरी बढायो भनेर मैले सचिवलाई निर्देशन दिइसके । सचिवले मूल्यका सम्बन्धमा बुझिरहनुभएको छ । दुई/चार दिनमा यसका सम्बन्धमा जानकारी गराउँछौँ ।”

उनले अहिले मूल्य नियन्त्रण गर्नुका साथैै दीर्घकालीनरुपमा कसरी समाधान गर्ने भन्ने विषय पनि टुङ्गो लगाइने बताए । सिटामोल भारतमा दुई रुपैयाँ भारतीयमा र नेपालमा एक रुपैयाँदेखि डेढ रुपैयाँ पाइने गरेको उल्लेख गर्दै उनले अहिले व्यापारीले नेपालबाट भारतमा सिटामोल पठाउने गरेको बताए । औषधि व्यवस्था विभागले ५२ प्रकारका औषधिको मूल्य २० प्रतिशतसम्म वृद्धि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर