LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

मन्त्री साहद्वारा ढल्केवरस्थित दङ्गा नियन्त्रण निरीक्षण

टुडेवाणी,कार्तिक ११ गते ।

जनकपुरधाम :  प्रदेश २ सरकारका प्रवक्ता एवंम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बुधबार धनुषाको ढल्केवरस्थित दङ्गा नियन्त्रण प्रहरी गणको निरीक्षण गर्नु भएको हो ।

मन्त्री साहले निरीक्षणका क्रममा गणवाट सम्पादन हुने काम कार्य र तिका प्रक्रियाबारे जानकारी लिनु भएको हो ।

उहाँले शान्तिसुरक्षा कायम गर्न दङ्गा प्रहरी नियन्त्रण गणको महत्वपूर्ण भूमिका रहने भन्दै ढल्केवर स्थित गणको भौतिक पूर्वाधार विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

ढल्केवरस्थित दङ्गा प्रहरी नियन्त्रण गण सडक डिभिजन कार्यलय भित्र रहेको छ ।त्यस भित्र सडकको एउटा एकाइ र नेपाल ईलाका प्रहरी कार्यालय समेत छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर