LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

‘बहुमत हुँदाहुँदै अध्यादेश चलाउनु गैरजिम्मेवारीपन’- लोसपा नेता सोनल

जनकपुरधाम : प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोसपाका नेता जितेन्द्र सोनलले सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर संघीयता कमजोर पार्न खोजेको टिप्पणी गरेका छन । मंगलबार प्रदेश सरकारले मन्त्रीपरिषद् वैठकबाट विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश ल्याएसँगै सोनलले यस्तो टिप्पणी गरेका हुन ।

नेता सोनलले प्रदेश सरकारसंग बहुमत हुँदाहुँदै पनि प्रदेश सभालाई छलेर अध्यादेश मार्फत सरकार सञ्चालनको प्रयास गर्नु अलोकतान्त्रिक र गैरसंवैधानिक भएको आरोप लगाए । उनले भने, ‘लोकतान्त्रिक विधि अनुसार प्रदेश सरकारसंग बहुमत रहँदा रहँदै पनि प्रदेश सभालाई बिजनेस नै नदिई कानूनलाई आफ्नो अनुकुल खेलाँची गर्नका लागि अध्यादेश ल्याएर जनतालाई भ्रममा पार्न खोजिरहेको छ ।’

उनले अगाडि भने, ‘सरकारले अध्यादेश मार्फत सरकार चलाउन खोज्यो, यसले संघीयता संस्थागत हुँदैन, बरु संघीयतालाई संस्थागत गर्नका लागि हाउसमा ल्याई प्रक्रिया अनुसार सो अध्यादेशलाई पारित गर्नुपर्ने देखिन्छ । यसले संघीयताप्रतिको उत्तरदायित्व र सरकारको दायित्व निर्वाहले पनि संघीयता संस्थागत हुन्छ ।’

उनले अध्यादेशमार्फत सरकार चलाउन खोजेको आरोप सरकारमाथि लगाउँदै प्रदेशसभा स्थगित रहेको अवस्थामा ल्याइएको अध्यादेशलाई कार्यान्वयन गरेमा यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिए । अव सहेर नबस्ने उनको तर्क छ । मन्त्रिपरिषद्को मंगलबार सम्पन्न बैठकबाट प्रदेश सरकारले वीरगञ्जमा वीरगञ्ज प्राविधिक विश्वविद्यालय र सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्ने सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर