LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

‘बहुमत हुँदाहुँदै अध्यादेश चलाउनु गैरजिम्मेवारीपन’- लोसपा नेता सोनल

जनकपुरधाम : प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोसपाका नेता जितेन्द्र सोनलले सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर संघीयता कमजोर पार्न खोजेको टिप्पणी गरेका छन । मंगलबार प्रदेश सरकारले मन्त्रीपरिषद् वैठकबाट विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश ल्याएसँगै सोनलले यस्तो टिप्पणी गरेका हुन ।

नेता सोनलले प्रदेश सरकारसंग बहुमत हुँदाहुँदै पनि प्रदेश सभालाई छलेर अध्यादेश मार्फत सरकार सञ्चालनको प्रयास गर्नु अलोकतान्त्रिक र गैरसंवैधानिक भएको आरोप लगाए । उनले भने, ‘लोकतान्त्रिक विधि अनुसार प्रदेश सरकारसंग बहुमत रहँदा रहँदै पनि प्रदेश सभालाई बिजनेस नै नदिई कानूनलाई आफ्नो अनुकुल खेलाँची गर्नका लागि अध्यादेश ल्याएर जनतालाई भ्रममा पार्न खोजिरहेको छ ।’

उनले अगाडि भने, ‘सरकारले अध्यादेश मार्फत सरकार चलाउन खोज्यो, यसले संघीयता संस्थागत हुँदैन, बरु संघीयतालाई संस्थागत गर्नका लागि हाउसमा ल्याई प्रक्रिया अनुसार सो अध्यादेशलाई पारित गर्नुपर्ने देखिन्छ । यसले संघीयताप्रतिको उत्तरदायित्व र सरकारको दायित्व निर्वाहले पनि संघीयता संस्थागत हुन्छ ।’

उनले अध्यादेशमार्फत सरकार चलाउन खोजेको आरोप सरकारमाथि लगाउँदै प्रदेशसभा स्थगित रहेको अवस्थामा ल्याइएको अध्यादेशलाई कार्यान्वयन गरेमा यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिए । अव सहेर नबस्ने उनको तर्क छ । मन्त्रिपरिषद्को मंगलबार सम्पन्न बैठकबाट प्रदेश सरकारले वीरगञ्जमा वीरगञ्ज प्राविधिक विश्वविद्यालय र सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्ने सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर