LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

नेपालकी सनि लियोनी भनी चर्चामा अदिती उनको हट एन्ड बोल्ड लुक्सको चौतर्फी चर्चा…

लोकप्रिय नायक अनमोल केसीसँग फिल्म खेलेपछि नेपालमा अदिति बुढाथोकीको चर्चा सुरु भयो । उनले केही नेपाली र भारतीय म्युजिक भिडियो मा काम गरेपछि उनले ‘कृ’बाट डेब्यू गरेकी थिइन् ।

मुम्बईमा बसेर सङ्घर्ष गरिरहेकी अदितिको सुन्दरताको निकै चर्चा हुने गर्छ। ५ फिट ५ इन्च उचाइ भएकी यी सुन्दरी कम बोल्ने र सरल स्वभावकी छिन् । ‘कृ’मा काम गरेपछि केही नेपाली र पन्जाबी म्युजिक भिडियोमा पनि अभिनय गरेकी अदितिको कभरेज भारतका चर्चित मिडियाहरूले पनि बेला बेलामा गर्ने गर्छन् ।

सामाजिक संजाल इन्स्टाग्राममा अदितीका १६ लाख बढी फलोअर्स छन् । सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ । लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले एक दर्जन बढी हिन्दी र पञ्जाबी गीतमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन्

केहि महिना पहिला उनी अभिनीत ‘तु मेरा नही’ गीत सार्वजनिक भएको थियो । नेपाली मोडल तथा उदीयमान अभिनेत्री अदितिको तुलना बलिउड अभिनेत्री सन्नी लियोनीसँग गरिएको थियो । भारतको एबीपी न्यूजले अदितिका तस्बिरसहित ‘मिलिए नेपालकी सन्नी लियोनी से’ भनेर रिपोर्ट बनाएपछि मुम्बैमा बस्दै आएकी अदिति पहिलो फिल्म रिलिज नहुँदै चर्चाको शीखर चढेकी थिइन् ।

उनको अभिनय र सुन्दरताले नेपाली युवाहरुलाई लठ्ठ बनाएकी छिन् । अदिति पछिल्लो समय फिल्मका कारण भन्दापनि आफ्नो ग्ल्यामर तस्वीरका कारण चर्चामा रहन्छिन । उनले ‘कृ’ खेली सकेपछी अरु कुनै नेपाली चलचित्रमा काम गरेकी छैनन् ।

५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी अदिति बुढाथोकीका लागि त्यसपछिका दिनहरू फलदायी बन्दै गए । उनको चर्चा सामाजिक संजालमा ग्ल्यामर गर्लको रूपमा पनि हुनेगर्छ ।
हेरौ थप उनको केही चर्चामा रहेका सुन्दर तस्बिरहरु ..

प्रतिक्रिया
सम्बन्धित खवर